सिंगापुरमा विना निर्वाचन हलीमा याकूब पहिलो महिला राष्ट्रपतिमा निर्वाचित 

खरीबोट
ad

सिंगाापुर ।  संसदकी पूर्व अध्यक्ष हलीमा याकूब सिंगापुरको पहिलो महिला राष्ट्रपति बनेकी छन् । 

बुधबार निर्वाचन अधिकारीले एकमात्र योग्य उम्मेदवार भएकाले राष्ट्रपति पदमा याकूब निर्वाचित भएको बताएका छन् । 

निर्वाचन कार्यालयका अनुसार राष्ट्रपति पदका लागि अन्य चार जनाको उम्मेदवारी परे पनि दुई जना मलाया समुदायका थिएनन्, दुई जनाले योग्यताको प्रमाणपत्र नै बुझाएका थिएनन् । 
बहुसांस्कृतिक देशमा विशिष्टतालाई बलियो बनाउन सिंगापुरको संविधानमा व्यवस्था गरिए अनुसार यस पल्ट राष्ट्रपति मलाया समुदायको हुनुपर्ने व्यवस्था रहेको थियो । अल्पसंख्यक मलाया समुदायका लगि राष्ट्रपति पद आरक्षित रहेको थियो । 

हलीमाले निर्वाचन कार्यालयमा भनिन्, ‘यो एउटा आरक्षित पद हो । तर म आरक्षित राष्ट्रपति होइन । म देशका सबै नागरिकको राष्ट्रपति हुँ ।’

भारतीय मूलकी हलीमा याकुबको जन्म सन् १९५४ मा भएको थियो । उनि सिंगापुरको सत्तारुढ दल पिपल्स एक्सन पार्टीकी सदस्य हुन् । उनी १४ जनवरी २०१३ मा सिंगापुर संसदको अध्यक्षमा चुनिएकी थिइन् ।

-एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित समाचार

कोरिया प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास अनिश्चितकालकालागि स्थगित

वासिङटन । अमेरिका र उत्तर कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।  कोरिया

निशस्त्रीकरणको काम छिट्टै हुने अपेक्षा छ– अमेरिकी विदेशमन्त्री

सोल । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिएका छन्  ।  बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएका विदेशमन्त्री पम्पेओले भने– यो कुरा दक्षिण

रसियाद्वारा ट्रम्प र किम वार्ताको स्वागत

मस्को । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ ।  ट्रम्प र किमबीच भएको अभूतपूर्व वार्ताको क्रेमलिनले स्वागत गरेको

शिखर बैठकमा किमको प्रदर्शनबाट उत्तर कोरियामा खुशीयाली

प्योङयाङ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीको मुखपत्रको पहिलो पृष्ठमा नेताका लस्करै तस्वीर कुनै दिन छापिएलान् भन्ने एक दुई महिना अघिसम्म पनि सायदै कसैले अड्कल गरेका थिए । कल्पनै नगरेको कुरा,