• २०८१ बैशाख ८ शनिबार

जगदम्बा सिमेन्टले ल्यायो निर्माण सम्बन्धी मोबाइल एप्स ‘हाम्रो घर’

kharibot

काठमाडौँ । जगदम्बा सिमेन्टले ‘हाम्रो घर’ नाम गरेको मोबाइल एप्स बजारमा ल्याएको छ । 

नेपाली सिमेन्ट उद्योगको इतिहासमा पहिलो पटक निर्माण सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्धेश्यले जगदम्बा सिमेन्टले यो एप्स ल्याएको बताएको छ । 

एक कार्यक्रमका बीच गरी चर्चित टिभी प्रसनालिटी भुषण दाहालले हाम्रो घर एप्सको शुभारम्भ गरेका छन् ।   

यो एप्स निर्माण सम्बन्धि काम गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर लगायत आम उपभोक्ताका लागि अत्यन्त उपयोगी देखिएको छ ।

यस एप्समा निर्माण समाग्रीसमबन्धी जानकारी, सिमेन्टको गुणस्तर मापदण्ड, भूकम्पीय सुरक्षाका साथै जगदम्बा सिमेन्टको कम्पनि प्रोफाइल, कम्पास, युनिट कन्भर्टरका साथै जगदम्बा सिमेन्ट किन्न पाइने स्थानहरुको जानकारी उपलब्ध रहेको छ । 

जगदम्बा सिमेन्टले देशको कुनै पनि ठाउबाट आफ्ना प्रतिनिधिलाई जगदम्बा सिमेन्टबारे जानकारी लिन र खरिद गर्न यो एप्स उपयोगी हुने बताएको छ । 

कार्यक्रममा जगदम्बा सिमेन्टका प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपानेले आम उपभोक्तालाई सजक बनाउन एप्स ल्याइएको बताउदै अन्य कम्पनिहरुले पनि यस्तो एप्स ल्याएर उपभोक्तालाई सजक बनाउनु पर्ने बताए । न्यौपानेले यो एप्स व्यापारिक प्रयोजन भन्दा पनि उपभोक्तालाई सजक बनाउनको लागि ल्याइएको जानकारी गराए ।

कम्पनिका कार्यकारी निर्देशक अजय जाटियाले प्रविधिको विकाससँगै सिमेन्टलाई प्रविधिसँग जोड्दै आम उपभोक्तासम्म पुग्ने जमर्को गरेको बताए । जटियाले आगामी दिनमा यस एप्सलाई अझै परिष्कृत गर्दै जाने बताउदै देशको अग्रणी सिमेन्ट कम्पनि हुनुको नाताले पहिलो पटक यसो एप्स ल्याएको बताए ।

कार्यक्रममा जगदम्बा सिमेन्टका ब्रान्ड म्यानेजर जगन्नाथ दाहालले एप्सको बारेमा जानकारी गराएका थिए । ‘हाम्रो घर’ मोबाइल एप्स हाल एन्ड्रोयडको प्ले स्टोरमा उपलब्ध हुने र छिटै एप स्टोरमा पनि उपलब्ध हुने जानकारी दाहालले गराएका छन् ।

जगदम्बा सिमेन्टले अहिले दुई उद्योगबाट आफ्ना उत्पादन गर्दै आएको छ । यसका उत्पादन पुर्व मेची देखि पश्चिम महाकालीसम्म विक्री वितरण भैरहेको कम्पनीले जनाएको छ । कम्पनीले जगदम्बा योगदान, जगदम्बा प्रयोग बिधि, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यक्रम गर्दै आएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै