• २०८१ बैशाख ७ शुक्रबार

रौतहटमा माओवादीका लागि भोट माग्दै सहरी विकासमन्त्री

kharibot

माओवादी केन्द्रका नेता तथा सहरी विकासमन्त्री प्रभु साह । 

गौर । प्रदेश २ का आठ जिल्लामा हुनलागेको स्थानीयतहको निर्वाचनले मधेशमा राजनीतिक माहोल तताएको छ । चुनावी प्रचार प्रसारमा रौतहट जिल्लामा सबै दलहरु मतदाता आकर्षित गर्न लागिपरेका हुन् । 

असोज २ गते हुनलागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा रौतहटका माओवादी नेता तथा कार्यकर्ता एक भएर चुनावी अभियानमा लागेका हुन् । पार्टी एकतासँगै आन्तरिक मतभेदलाई त्यागेको दाबी माओवादी नेताहरुले गरेका छन् । यतिखेर नेताहरु एकजुटभएर उम्मेदवारको प्रचारमा सहभागी भएका हुन् । विभिन्न पार्टीहरुका बीच चुनावी प्रतिस्पर्धामा माओवादी पनि एक भएर होमिएको हो । 

रौतहटका माओवादी केन्द्रका नेता तथा सहरी विकासमन्त्री प्रभु साह, सांसद् अशोक जयसवाल, पूर्वराज्यमन्त्रीएवं सांसद सत्यनारायण भगत विन, देवेन्द्र पटेल, उपेन्द्र साहलगायतका नेताहरु उम्मेदवारलाई मत माग्न हातेमालो गरेका छन् । 

रौतहटमा महिलाहरु पनि निकै उत्साहितभएर निर्वाचन अभियान तथा प्रचारमा सहभागी भएका हुन ।  रौतहटमा १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ स्थानीयतह छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै