झापामा एचआइभी/एड्स संक्रमितको मृत्यु हुनेको संख्या घट्दै

खरीबोट

भद्रपुर । झापामा प्छिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३/७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ ।

मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान लागेको क्लबका परियोजना प्रमुख गोविन्द पौड्यालले जानकारी दिए ।

खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित झापामा बढ्ने गरे पनि पछिल्लो समयमा भने सो संख्या घट्दै गएको पौडेलको भनाइ छ ।

असुरक्षित यौन संसर्गकर्ता र लागुऔषध दुव्र्यसनी तथा मादक पदार्थको सेवनकर्ताकै कारण महिलाभन्दा पुरुषमा सो संख्या बढ्ने गरेको क्लबका कार्यक्रम संयोजक सोमराज ढकालले जानकारी दिए ।

विसं २०७४ साउन मसान्तसम्मको एक आवमा क्लबले ५१० संक्रमितलाई ७४६ पटक सेवा प्रवाह गरेको छ । पछिल्लो ११ महिनामा ३९ पुरुष र ३५ महिलासमेत संक्रमित पत्ता लगाई आवश्यक उपचार सेवा प्रदान गरिएको क्लबका भद्रपुर इञ्चार्ज अशोक चौधरीको भनाइ छ ।

क्लबले ११ महिनाका अवधिमा एक हजार ९६४ थान कण्डम वितरण गरेको र संक्रमित ६५ जनालाई चिकित्सा सेवा दिएको चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार

एड्सबारे जनचेतना जगाउन म्युजिक कन्सर्र्ट गरिने

नगरकोट । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ ।  एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४०

जंगली हात्तीबाट झापावासी आक्रान्त

भद्रपुर ।  खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् ।  वर्षभरि खाने र परिवार पाल्ने आधारका रुपमा रहेको खेती बाली केही

रारा गोल्डकपमा झापालाई हराउँदै नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश

पोखरा । पोखरामा जारी आहा रारा गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब विजयी बनेको छ ।  खेलको १२ औँ मिनेटमा पुलिस

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापा स्थित झिलझिले शाखाको एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठबाट विधिवत् समुद्घाटन भएको छ