नुवाकोट कांग्रेसमा विवाद : अन्तर्घात गरेको भन्दै जगदीश्वरनरसिंह केसीलाई कारवाही गर्न माग

खरीबोट

जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसी

त्रिशूली(नुवाकोट) । बेलकोटगढी नगरपालिकाका नेपाली कांग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् । 

बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा सूची बुझाएका हुन् । केसीसहित जिल्ला सदस्य हिरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साबिक बेलकोट गाविसका पार्टी सभापति वैकुण्ठ पाण्डे र साबिक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहालले अन्तरघात गरेको आरोप लगाइएको छ । 

यस्तै पूर्व जिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तरघात गर्नेको सूची बुझाई कारवाहीका लागि माग गरेको छ । 

उक्त सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताका नाम छ । 

जिल्ला तहकाले कारवाहीका लागि कुनै सिफारिस र सोधपुछसमेत नगरेपछि केन्द्रमा पुग्नुपरेको तारकेश्वरबाट कांग्रेसका पराजित उम्मेदवार चोकराज शाक्यले बताए । 

पूर्वसभापति अधिकारीले निर्वाचनमा अन्तरघात गर्नेहरु कारवाहीको दायरामा आउँछन् भन्ने अनूभूति नभए कार्यकर्तामा निराशा बढ्ने बताउनुभयो । कारवाही गराउन माग गर्दै निर्वाचनका पराजित उम्मेदवारसहित ७७ जनाले हस्ताक्षर गरेका छन् । 

सम्बन्धित समाचार

काँग्रेसले बहुमत ल्याए मात्र लोकतन्त्र संस्थागत हुन्छ - प्रधानमन्त्री देउवा

रुकुम । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली काँग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन् ।  नेपाली काँग्रेस रुकुम पश्चिमले आयोजना गरेको चुनावीसभालाई आज यहाँ

पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङ्गको क्षेत्रबाट कांग्रेस प्रवेश गर्नेको लर्को

पशुपतिनगर (इलाम) । नेकपा एमालेका वरिष्ठ नेताहरुको क्षेत्रबाट एमाले छोडेर कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वांगको क्षेत्रबाट सयौँको संख्यामा कांग्रेस प्रवेश

दोलखामा काँग्रेस सभालाई लक्षित गरी सकेट बम

चरिकोट, दोलखा ।  नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ ।  सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली

दाङबाट केपी ओलीको प्रश्न- ‘कांग्रेसले हिंसा चाहेको हो ?’

दाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको