• २०८१ बैशाख १२ बुधबार

बलिवुडका असल सौतेनी आमाहरु 

kharibot

काठमाडौँ । बलिवुड होस् या कलिवुड सौतेनी आमालाई सधै नराम्रो रुपमा नै चित्रण गरिएको पाइन्छ । तर असल जीवनमा सधै यस्तो नहुन पनि सक्छ । हामीले यँहा बलिवुडका सेलिब्रेटी र उनीहरुका सौतेनी आमासंगको सम्बन्धको चर्चा गर्दै छौ । बलिवुडमा प्रेम,विवाह अनि डिभोर्सलाई सामान्य रुपमा लिन लागिएको छ । 

किनकी बिहे गरेर बलिवुडमा आएको कलाकार स्टार हुनासाथ अभिनेत्रीको प्रेममा पर्छ र पहिलो श्रीमतीलाई डिभोर्स दिन्छ । बलिवुडमा यो प्रक्रियालाई समान्य रुपमा देख्न सकिन्छ ।

करिना कपुर र सारा अली खान :

करीना कपुर र उनकी सौतेली छोरी साराको बिचमा केबल १३ बर्षको अन्तर रहेको छ । अभिनेता सैफअली खान सँग विवाह गरेपछि करीनाले आफ्ना सौतेला छोरा छोरीलाई साथीको व्यवहार गरिन् जसको चर्चा बलिवुडमा भैरहन्छ । प्राय साराले सामाजिक सञ्जालमा करीनासँग मस्ती गरेको तस्विर सार्वजनिक गर्नुले पनि यस कुराको पुष्टि हुन्छ ।

मान्याता र त्रिशाला :
 

संजय दत्तसँग विवाह गरेकी अभिनेत्री मान्याता सौतेली छोरी त्रिशाला भन्दा केबल ९ बर्षले जेठी छन् । उनीहरुबीचको समबन्ध पनि साथीको जस्तो रहेको छ । छोरी त्रिशालाको हरेक कुरामा मान्याताले ख्याल गर्ने बलिवुडमा चर्चा हुने गर्दछ । 

पुजा भट्ट र सोनी राजदान :

पुजा भट्ट र उनकी सौतेली आमा सोनीबीच पनि निकै राम्रो सम्बन्ध रहेको छ । महेश भट्टकी ठुली छोरी पुजा र सौतेली आमा सोनीबीच १६ बर्षको नत्र रहेको छ ।

किरण राव र जुनैद खान :

आमिर खानकी पत्नी किरण राव र उनका दुई सौतेला छोरासँग पनि निकै राम्रो सम्बन्ध रहेको चर्चा हुने गर्दछ । आमिर खानका ठुलो छोरा जुनैद किरण भन्दा २१ बर्षले साना छन् । 

सलमान खान र हेलेन :

बलिवुडका दबंग खान सलमान खान र हेलेनको सम्बन्धपनि बलिउडमा निकै चर्चा हुने गर्दछ । सलमान खानका पिता सलीम खानले दुई विवाह गरेका थिए । पहिली पत्नी सालमा खान हुन् भने दोस्री हेलेन हुन् । सौतेली आमा हेलेन सलमान खानसँग निकै करिव रहेको बताइन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै