सप्तरीको सुरक्षा व्यवस्थामा कडाइ

खरीबोट

राजविराज । आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । 

सम्बन्धित मतदान केन्द्रमा समेत प्रहरी टोली पठाइसकेको जानकारी दिँदै कुनै घटना हुन नदिनको लागि विशेष तालीम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिए । 

त्यस्तै, लागुऔषध र विस्फोटक पदार्थको खोजी गर्ने विशेष तालीम प्राप्त जर्मन शेफर्ड नामक कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ । 

शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनका लागि सप्तरी जिल्लामा करिब चारहजार नेपाल प्रहरी र दुईहजार सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । 

सप्तरी जिल्लामा १८ वटै स्थानीय तहमा करिब २९५ वटा मतदानस्थल रहेका छन् जसमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील रहेको बताइएको छ । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्ने उद्देश्यकासाथ जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

सप्तरीमा तीनलाख ३१ हजार ७९ मतदाता रहेकोमा एकलाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी रहेका छन् । 

सम्बन्धित समाचार

शुक्रबार राति १२ बजेदेखि मौन अवधि सुरु, फेसबुकमा प्रचार गर्न निषेध 

काठमाडौँ । प्रदेस नम्बर २ का ८ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनको भदौ ३० गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले

मध्यक्षेत्रका छ जिल्लामा सुरक्षा व्यवस्था कडा

वीरगञ्ज । आउँदो असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरी प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  मध्य क्षेत्रअन्तर्गत पर्ने पर्सा, बारा, रौतहट, सर्लाही,

दुई नम्बर प्रदेशमा कांग्रेसले खाता खोल्यो, महोत्तरीमा दलित महिला सदस्य निर्विरोध

जलेश्वर(महोत्तरी) । महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसबाट मनरा सिश्वा नगरपालिकाका वडानं. ८ मा दलितबाट उम्मेदवारी दिएकी संजोगिया देवी निर्विरोध भएकी हुन् । मनरा सिस्वा नगरपालिकाका निर्वाचन

निर्वाचन हुने प्रदेश नं २ का शिक्षण संस्थामा पाँचदिने सार्वजनिक बिदा

काठमाडौँ । सरकारले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लाका शिक्षण संस्थामा पाँच दिन सार्वजनिक बिदा दिएको छ ।  मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज २ मा हुने