• २०८१ बैशाख ८ शनिबार

एप्पलले सार्वजनिक गर्यो आइफोन १०, आइफोन ८ र ८ प्लस 

kharibot

काठमाडौँ । एप्पलले मोबाइल फोन सुरु गरेको आफ्नो दशौ बर्षको उपलक्ष्यमा नयाँ आइफोन १० सहित एप्पलको घडी र एप्पल टिभी लन्च गरेको छ । यसै अवसरमा एप्पलले आइफों ८ र आइफों ८ प्लसको पनि लन्च गरेको छ ।

एप्पलका तत्कालिनसिईओ स्टिभ जब्सले सन २००७ मा पहिलो पटक आइफोनको लन्च गरेको १० बर्षपछि एप्पलले आइफों १० लन्च गरेको छ । यसको मुल्य ९९९ अमेरिकी डलर तोकिएको छ । एप्पलले बनाएको नया स्टिभ जब्स हलमा गरिएको कार्यक्रममा सिईओ टम कुकले एप्पलका नयाँ उत्पादन सार्वजनिक गरेका थिए ।

कुकले सो अवसरमा एप्पलले हामी सबैको काम गर्ने तरिका बदलिदिएको बह्न्दै फेस टाइम, आइ म्यासेजजस्ता फिचरको माध्यमबाट मानिसहरुको संवाद गर्ने तरिकालाई नै बदलिदिएको बताए ।

एप्पलले सार्वजनिक गरेको आइफोन १० यस कार्यक्रमको विशेष आकर्षण रह्यो । आइफोन १० मा फोनले सुरक्षामा क्रान्ति ल्याएको बताइएको छ ।

यस फोनमा उपभोक्ताले आफ्नो फेसलाई नै पासवोर्डको रुपमा प्रयोग गर्न सक्दछन । मोबाइलमा फेस रिड गर्न सक्ने फिचर राखिएको छ जसले अनुहारलाई चिनेर फोन अनलक हुने फिचर राखिएको छ । आइफोन १० मा होम बटन हुने छैन । आइफोन १० मा एनिमेटेड इमोजीको प्रयोग गरिएको छ ।

आइफोन १० मा पछाडीतिर दुईवटा १२ मेगापिक्सेलका क्यामेरा राखिएको छ । वायरलेस चार्जिङयुक्त यो फोनमा ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ । ब्याट्री क्षमता पनि आइफों ७ मा भन्दा दुई घण्टा बढी रहेको बताइएको छ ।

आइफोन १० ६४ जीवी र २५६ जीवी गरी दुई स्टोरेज क्षमतामा उपलब्ध हुनेछ ।

६४ जीवीको आइफोन १० को खुला बजार मूल्य ९ सय ९९ अमेरिकी डलरबाट सुरु हुने छ । आइफोन १० को प्रि बुकिङ अक्टोबर २७ बाट सुरु हुने छ भने नियमित बिक्रि नोभेम्बर ३ बाट हुने छ ।

त्यस्ता एप्पलले आइफोन ७ र आइफोन ७ प्लसलाई अपग्रेड गर्दै आइफोन ८ र आइफोन ८ प्लस लन्च गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै