अन्डर १९ एशिया कप छनौट : युवा टिमको विजयी यात्रा जारी, भुटानमाथि ९ विकेटको जित 

खरीबोट

काठमाडौँ ।  मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप छनौट खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।  भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले एक विकेट गुमाउदै ८.३ ओभरमा पुरा गरेको थियो । 

नेपालका लागि आशिफ शेखले नट आउट २३ र सन्दीप सुनवारले २१ रन बनाएका थिए भने अनिल कुमार शाहले ४ रन नटआउट बनाएका थिए । 

यस अघि भुटानले टस जितेर ब्याटिंग गर्दै २८ ओभरमा केबल ५० रन बनाउदै अल आउट भएको थियो । 

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ र सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने नन्दन यादवले एक विकेट लिएका थिए ।

एसीसी एशियन कपको छनौट खेलमा नेपालको यो दोस्रो जित हो । नेपालले पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । समुहमा प्रथम हुने टिम मात्र एशियन कपमा छनौट हुन् पाउने छ । नेपालले समुहको अन्तिम खेल विहिबार सिंगापुरसँग खेल्दै छ । 

सिंगापुरले पनि आफ्ना दुवै खेल जितेको छ । भोलि हुने खेल नेपालका लागि फाइनल खेल सरह हुने भएको छ ।
 

सम्बन्धित समाचार

अन्डर १९ एशिया कपको उपाधि अफगानिस्तानले जित्यो 

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ ।  आज भएको फाइनल खेलमा पाकिस्तानलाई १८५ रनले पराजित गर्दै अफगानिस्तानले पहिलो पटक एशिया कपको उपाधि जितेको हो । सेमिफाइनलमा नेपाललाई

नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित

काठमाडौँ । नेपाल अन्डर १९ एशिया कप क्रिकेटमा सेमिफाइनलमा ७ विकेटले पराजित भएको छ । आज भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो । अफगानिस्तानले २०.३ ओभरमा १०८ रन

अन्डर १९ एशिया कप : बंगलादेशलाई हराउदै पाकिस्तान फाइनलमा 

काठमाडौँ । पाकिस्तान अन्डर १९ एशिया कपको फाइनलमा पुगेको छ । आज भएको पहिलो समिफाइनलमा बंगलादेशलाई २ रनले पराजित गर्दै पाकिस्तान प्रतियोगिताको फाइनलमा पुगेको हो ।  बर्षाले प्रभावित खेलमा पहिला ब्याटिंग

अन्डर १९ एशिया कपमा नेपाल आयोजक मलेसियासँगै भारत र बंगलादेश रहेको समुहमा 

काठमाडौं । मलेसियामा हुने अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपालले भारत, बंगलादेश र आयोजक मलेसियासँग खेल्ने भएको छ ।   मंगलबार सार्वजनिक भएको खेल तालिकामा नेपाल तीन पटकको