• २०८१ बैशाख ५ बुधबार

डिआइजी सिलवालद्वारा राजिनामा 

kharibot

काठमाडौं  ।  प्रहरी नायव महानिरीक्षक (डीआइजी) नवराज सिलवालले राजीनामा दिएका छन् । सर्वोच्च अदालतको पूर्ण बृहत इजलासले आफ्नो रिट खारेज गरेपछि उनले राजीनामा दिएका हुन् । 

सिलवालको ३० बर्षे कार्यकाल पूरा हुन् केही महिना मात्र बाँकी थियो । प्रहरी महानिरीक्षकको बढुवा र त्यसमा असन्तुष्टी जनाउँदै सर्वोच्चमा रिट दायर गरेपछि उनी बिदामा बसेका थिए ।

सिलवालले राजिनामा दिदै आफु महनिरिक्षक हुन् नसके पनि आम जनताको मायाले उच्च कोटिमा राखेको भन्दै आफ्नो प्रहरी मन कहिल्लै अवकास नहुने उल्लेख गरेका छन् ।

सिलवालले राजिनामा पत्रमा आफुलाई अन्याय पर्दा कस्तो पिडा हुदो रैछ भन्ने अनुभूतिका साथ् आउदा दिनमा अन्यायमा परेकाहरुको आवाज बन्ने प्रयास बन्ने उल्लेख गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै