च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्कटल्याण्डको क्लब सेल्टिकलाई ५–० गोलले पराजित गरेको छ ।
पिएसजीको जितमा नेइमार, काभानी र एम्बाप्पेले गोल गरेका थिए । खेलको १९औँ मिनेटमा नेइमारले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै एम्बाप्पेले ३४औँ मिनेटमा र काभानिले ४०औँ र ८५औँ मिनेटमा गोल गरेका थिए । एक गोल सेल्टिकले आत्मघाती गरेको थियो । सेल्टिकले अहिलेसम्म च्याम्पियन्स लिगमा समूह चरणको पहिलो खेल जितेको छैन ।
यस खेलमा दुई गोल गरेर काभानीले च्याम्पियन्स लिगमा पिएसजीबाट अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले पिएसजीबाट च्याम्पियन्स लिगमा २२ गोल गरेका छन् ।