• २०८१ बैशाख ८ शनिबार

आइजिपी नियुक्त विवाद टुंगियो, डिआइजी सिलवालको मुद्धा सर्वोच्चद्वारा खारेज 

kharibot

काठमाडौँ । डिआइजी नवराज सिलवाल सर्वोच्च आदलतमा दयर गरेको रिट अदालतले खारेज गरेको छ। सर्वोच्चको यो निर्णयसँग आइजिपी नियुक्त विवाद टुंगिएको छ। 

सिलवालले आफू वरिष्ठ भएको र वरिष्ठताका आधारमा आफूले महानिरीक्षक बन्न पाउँनुपर्ने दावी गर्दै अदालतमा दायर गरेको रिट अदालतले मंगलबार खारेज गरेको हो।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी सिलवालको रिट आज खारेज गरेको हो । सरकारले चार वर्षका लागि प्रहरी महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालको नियुक्ति कानुनसम्मत देखिएकाले सिलवालको रिट अगाडि बढाउन आवश्यक नभएको समेत सर्वोच्चले ठहर गरेको छ । 

सर्वोच्चले गरेको फैसलामा नेपाल प्रहरीको कार्यसम्पादन मूल्यांकनमा सिलवालको भन्दा प्रकाश अर्यालको नै अंक बढी देखिएको भन्दै सिलवालको रिटमाथि अदालतमा थप बहस नहुनेगरी खारेज गरेको जनाइएको छ। अर्यालको कार्यसम्पादन मूल्यांकन नम्बर ५४.२ रहेको उल्लेख छ भने सिलवालको ५२.४ मात्र रहेको छ।

काठमाडौँ सरकारले जयबहादुर चन्दलाई आइजिपी बनमउने निर्णय गरेपछि सिलवाल अदालत पुगेका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै