• २०८१ बैशाख ८ शनिबार

घुस रकमसहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

kharibot

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ ।

नयाँ मिटर जडान गर्ने कार्यका लागि न्यौपानेले एक सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको विशेष टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।

आयोग प्रवक्ता जीवराज कोइरालाले घुससहित पक्राउ परेका फोरमेन न्यौपानेमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै