घुस रकमसहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

खरीबोट

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ ।

नयाँ मिटर जडान गर्ने कार्यका लागि न्यौपानेले एक सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको विशेष टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।

आयोग प्रवक्ता जीवराज कोइरालाले घुससहित पक्राउ परेका फोरमेन न्यौपानेमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

घुस लिने वडा सचिव पक्राउ

राजविराज, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव सञ्जयकुमार देवलाई आज घुस लिँदालिँदै पक्राउ गरेको छ ।  आयोगको इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयबाट खटिएको टोलीले सदरमुकाम राजविराजस्थित राष्ट्रिय

मालपोतका अधिकृतसहित तीनजना विरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  सार्वजनिक जग्गा अन्य व्यक्तिका नाममा नामसारी गरिदिने बाहानामा एक सेवाग्राहीसँग

दुई लाख घुससहित जनस्वास्थ्यका कर्मचारी पक्राउ

बनियानी (झापा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई मंगलबार पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह

गुठी संस्थानका अधिकृत घुस लिदा लिदै पक्राउ 

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानको शाखा कार्यालय, थापाथलीमा कार्यरत शाखा अधिकृत लेखनाथ सापकोटालाई घुस लिदा लिदै पक्राउ गरेको छ । अख्तियारका अनुसार सामुदायिक सत्तल भवन, काष्ठमण्डप बसन्तपुरको रनिङ्ग बिल