• २०८१ बैशाख १३ बिहीबार

नेप्से दोहोरो अंकले घट्यो, ५७ करोडको मात्रै सेयर किनबेच

kharibot

काठमाडौं । अघिल्लो दिन तीन अंकले बढेको नेप्से आज भने कारोबार रकम र सूचक दुवै नै उच्च अंंकले घटेका छन् । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से २१ दशमलव छ अंकले घटेर १५ सय दुुई दशमलव २० विन्दुुमा तल झरेको छ भने सेन्सिटिभ चार दशमलव ३१ अंकले घटेर तीन सय १५ दशमलव ३६ विन्दुुमा झरेको छ ।

यसदिन कुुल एक सय ५३ कम्पनीहरुको छ हजार चार सय ५८ वटा कारोबारमा १० लाख ७० हजार सात सय ४७ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ५६ करोड ९८ लाख ४३ हजार एक सय ३० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा यसदिन सबैगरी कुुल आठ वटा समूहको कारोबार भएकोमा अन्य समूहको कारोबार सूचक सामान्य अंकले बढेको छ भने उत्पादनमूलक समूहको सूचक स्थिर देखिएको छ । यसबाहेक बाँकी छ वटा समूहको कारोबार सूचक घटेको छ । सबैभन्दा उच्च अंकले घटेको बीमा समूहको सूचक एक सय ८५ दशमलव एक अंकले घटेर आठ हजार दुुई सय ५७ दशमलव ८४ विन्दुमा तल झर्दा १५ करोड ३४ लाख ५० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक पनि १८ दशमलव १४ अंकले घटेर १२ सय ९० दशमलव ९९ विन्दुुमा तल झरेकोमा २१ करोड १९ लाख १३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । विकास बैंक समूहको सूचक २९ दशमलव ८२ विन्दुुमा झरेकोमा ११ करोड ९७ लाख ४६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलविद्युुत, होटल र फाइनान्स समूहको सूचक पनि आज उच्च अंकले घटेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा परेको युनाइटेड फाइनान्सको सेयर मुल्य नौ रुपैयाँ ६८ पैसाले बढेर दुुई सय ७२ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा परेको कामना सेवा विकास बैंकको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ६७ पैसाले घटेर दुुई सय २४ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १९ सय ७४ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ५२ लाख ७० हजार तीन सय ७८ रुपैयाँको सेयर कारोबार भएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै