• २०८१ बैशाख ११ मंगलबार

दुई नम्बर प्रदेशमा कांग्रेसले खाता खोल्यो, महोत्तरीमा दलित महिला सदस्य निर्विरोध

kharibot

जलेश्वर(महोत्तरी) । महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसबाट मनरा सिश्वा नगरपालिकाका वडानं. ८ मा दलितबाट उम्मेदवारी दिएकी संजोगिया देवी निर्विरोध भएकी हुन् ।

मनरा सिस्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बाँनियाले मनरा सिस्वा नगरपालिकाको वडानं. ८ को दलित सदस्यमा एकजनाको मात्रै उम्मेदवारी परेको जानकारी दिए । निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिदै सबैजनालाई मतगणनापश्चात प्रमाणपत्र दिने बताए ।

महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताए । उनले अहिले को को निर्विरोध भयो भन्न नसकिने जानकारी दिए । 

नेपाली काँग्रेस मनरा सिस्वा नगरपालिकाका प्रमुखका उम्मेदवार किशोरकुमार प्रितम तथा वडानं. ८ का नेकाका उम्मेदवार अब्दुल सकुर अंसारीले नेकाका सदस्यले खाता खोलेकोमा मतदाताहरुलाई धन्यवाद दिए ।

सो वडामा १ हजार ७ सय ५९ मतदाता रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै