दुई नम्बर प्रदेशमा कांग्रेसले खाता खोल्यो, महोत्तरीमा दलित महिला सदस्य निर्विरोध

खरीबोट

जलेश्वर(महोत्तरी) । महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसबाट मनरा सिश्वा नगरपालिकाका वडानं. ८ मा दलितबाट उम्मेदवारी दिएकी संजोगिया देवी निर्विरोध भएकी हुन् ।

मनरा सिस्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बाँनियाले मनरा सिस्वा नगरपालिकाको वडानं. ८ को दलित सदस्यमा एकजनाको मात्रै उम्मेदवारी परेको जानकारी दिए । निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिदै सबैजनालाई मतगणनापश्चात प्रमाणपत्र दिने बताए ।

महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताए । उनले अहिले को को निर्विरोध भयो भन्न नसकिने जानकारी दिए । 

नेपाली काँग्रेस मनरा सिस्वा नगरपालिकाका प्रमुखका उम्मेदवार किशोरकुमार प्रितम तथा वडानं. ८ का नेकाका उम्मेदवार अब्दुल सकुर अंसारीले नेकाका सदस्यले खाता खोलेकोमा मतदाताहरुलाई धन्यवाद दिए ।

सो वडामा १ हजार ७ सय ५९ मतदाता रहेका छन् ।
 

सम्बन्धित समाचार

‘विधिसम्मत पार्टी नचल्दा स्थानीय तह निर्वाचनमा दोस्रो’ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्व विधिसम्मत र प्रभावकारीरुपमा नचल्दा स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चनु परेको बताएका छन् । नेपाल तरुण दल काठमाडौँले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मान, मन्त्रिपरिषद्मा

स्थानीय तह निर्वाचनमा नयाँ शक्ति नेकपा संयुक्तको चिन्हमा चुनाव लड्ने

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि नयाँ गठबन्धन बनाएको छ ।  नेकपा संयुक्तसँग चुनावी तालमेलका साथ नयाँ शक्तिले स्थानीय

सार्वजनिक बिदाको व्यवस्था मिलाउन आयोेगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका दिन असोज २ गते उक्त प्रदेशमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय