माओवादी केन्द्रसँग मोहन वैद्य नेतृत्वको माओवादीले कहिल्यै एकता नगर्ने

खरीबोट

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताएका छन् ।

पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दशवर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने र त्यसले आमूल परिवर्तन ल्याउने ठोकुवा गरे ।

आगामी असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न हुने र उक्त महाधिवेशनले नयाँ रणनीति बनाउने र चुनावमा भाग लिने या नलिनेबारे आगामी सचिवालयको बैठकले निर्णय गर्ने अध्यक्ष वैद्यले जानकारी दिए ।

नेपालमा क्रान्तिकारी र अवसरवादी धार रहेको र आफूहरु क्रान्तिकारीसँग मात्रै कार्यगत एकता गरेर जाने बताउँदै उहाँले देशको रूपान्तरणका लागि नयाँ जनवादी क्रान्तितर्फ जानुको विकल्प नरहेकाले सबै राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

चितवन कांग्रेसका पूर्वसचिव लामासहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश  

चितवन । नेपाली कांग्रेस चितवनका पूर्वसचिव मोहनसिंह लामासहित कांग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनको शिवनगरमा आयोजित कार्यक्रममा लामासहित प्रकृति आमा समूहका अध्यक्ष सञ्जु तामाङ, नर्मिला तामाङ, तुलसीबहादुर गुरुङ,

वीरगञ्जमा विप्लव–समर्थक भनेर माओवादी केन्द्रका नेता पक्राउ !

पर्सा प्रहरीले पक्राउ गरेका नेकपा माओवादी केन्द्रका नेता अकलु यादवलाई रिहा गर्न नेकपा माओवादी केन्द्र पर्साले माग गरेको छ । पार्टीका जिल्ला निर्वाचन समिति संयोजक विजय महतोले बुधबार विज्ञप्ति जारी

माओवादी केन्द्रले मंगलबार सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाशको सम्झनामा सिर ५ गते मंगलबार सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने भएको छ । सोमबार बिहान बसेको माओवादी केन्द्रको विस्तारित

राप्रपा प्रजातान्त्रिकका रोल्पाका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश 

रोल्पा ।  राप्रपा (प्रजातान्त्रिक)का रोल्पाबाट प्रदेश सभाका उम्मेदवार वीरसिंह ठकुरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रोल्पाको प्रदेश सभा ‘क’ बाट उम्मेदवारी दर्ता गराएका उनले शुक्रबार लिबाङमा आयोजित वाम गठबन्धनको