मेगा बैंकको दुई अर्ब ९७ करोडको हकप्रद आजबाट

खरीबोट
ad

काठमाडौं । मेगा बैंकले आज मंगलबारबाट दुुई अर्ब ९७ करोड ८५ लाख ३४ हजार छ सय ३० रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।

बैंकले चुक्ता पुँजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार १९ रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी १० बराबर छ दशमलव पाँचको अनुपातमा  दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको बैंकको हकप्रद सेयरको बिक्री कार्य असोज ३० गतेसम्म जारी रहने छ । अधिकृत पुँजी १० अर्ब तथा जारी पुँजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय ८१ रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुँजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय १४ रुपैयाँ पुुग्ने छ ।

बैंकले आव २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५५ करोड १० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

 

सम्बन्धित समाचार

मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।   मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ

भानु, भीरकोट र लक्ष्मीनियामा पुग्यो मेगा बैंक 

काठमाडौं । देशभर शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले तनहुँ, स्याङजा र धनुषामा नयाँ शाखा विस्तार गरेको छ ।   बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै अत्याधुनिक बैंकिङ

मेगा बैंकमा गाभियो टुरिजम् डेभलपमेन्ट बैंक

काठमाडौं काठमाडौँको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको टुरिजम् डेभलपमेन्ट बैंक आजबाट मेगा बैंक नेपाल लिमिटेडसँग गाभिएको छ ।  आइतबार काठमाडौँमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको

मेगा बैंकले नौ दशमलव ४५ प्रतिशत बोनस दिने

काठमाडौं । मेगा बैंकले नौ दशमलव ४५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही पुस २५ गते बसेको सञ्चालक समितिको २०६औं बैठकले सेयरधनीहरुलाई  हाल कायम रहेको