• २०८१ बैशाख ६ बिहीबार

डीआईजी सिलवालको मुद्धाको फैसला आज आउदै 

kharibot

काठमाडौं । डीआईजी नवराज सिलवालको मुद्धाको अन्तिम सुनुवाई आज हुदै छ । 

आफूभन्दा कनिष्ठलाई आर्इजीपी नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेका रिटमा गत भदौ १५ गतेको  बृहत पूर्ण इजलासमा सुनुवाई सकिए पछि आजको लागि अन्तिम सुनुवाईको मिति तोकेको थियो ।

आजको बृहत पूर्ण इजलाशमा प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा रहेको न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारी रहेका छन् । 

गत भदौ १५ गते रीट निवेदक डीआईजी नवराज सिलवाल वकिलहरु शम्भु थापा, टीकाराम भट्टराई लगायलते प्रत्युत्तर दिएपछि सुनुवार्इ समाप्त भएको हो ।

यसअघि साउन १९ गते निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल र बाबुराम कुँवर तथा अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गरेका थिए । 

यसअघि सिलवालको मुद्दा असार २२ गतेपछि साउन २६ गतेका लागि तोकिएको थियो । प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते निवेदन दिएका थिए । 

अदालतको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । 

सिलवालले वरियताक्रममा आफू पहिलोमा रहेको र चार वर्षको कार्यसम्पादन एंव मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनःअदालतमा निवेदन दिएका थिए । त्यसमा अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै