विश्वकै खतरनाक विमानस्थलमा छैन मौसम पूर्वानुमान यन्त्र

खरीबोट
ad

सोलुखुम्बु। विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । 

विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक विमानस्थलको सूचीमा राखिएको छ । 

तर यही खतरनाक विमानस्थलमा सुरक्षाका लागि आवश्यक पूर्वाधार तयार गरिएको छैन । छिनछिनमै मौसम बदली भइरहने लुक्ला विमानस्थलमा मौसमको अवस्था थाहा पाउने यन्त्र नै छैन । यस्ता यन्त्र विभिन्न रुटमा पनि राख्ने गरिन्छ तथापि लुक्लाको रुटमा कहीँ पनि यस्तो व्यवस्था छैन । 

यस्तै, लुक्ला विमानस्थलमा लाइटिङ सिस्टम पनि छैन । मौसम खराब भई दृष्टि क्षमता कम भएको बेला विमानलाई अवतरण गराउनका लागि लाइटिङ सिस्टम आवश्यक हुन्छ । लुक्ला क्षेत्रमा हवाईजहाज प्रवेश गरिसकेपछि मौसम खराब भएमा फर्कन सक्ने भौगोलिक अवस्था नभएकाले केही विकल्प नरहने विमान चालकहरु बताउँछन् । 

सगरमाथा क्षेत्रमा पर्यटक घुम्न आउने मौसममा दैनिक सयको हाराहारीमा विमान अवतरण हुने लुक्ला विमानस्थलमा मौसम खराबीका कारण समस्या दोहोरिरहने गरेको छ । 

वर्षेनीजस्तो विमान दुर्घटना भइरहने यो विमानस्थलमा प्रविधिको प्रयोग गरिएमा जोखिम घट्ने भएपनि त्यस्तो भएको छैन । 

नागरिक उड्डयन प्राधिकरण, लुक्लाले समस्या रहेको र त्यस्ता यन्त्र राख्न बारम्बार प्राधिकरणलाई अनुरोध गर्ने गरेको भएपनि पूरा नभएको बताएको छ । देशका अन्य जोखिमपूर्ण विभिन्न विमानस्थलमा पनि यस्तो समस्या रहेको बताइएको छ । 

सम्बन्धित समाचार

लुक्लामा विमान दुर्घटनाबाट जोगियो 

सोलुखुम्बु ।  सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना हुनबाट जोगिएको छ । समिट एयरको जहाज अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको हो । अवतरणका क्रममा रन वेमा हिँड्दै गर्दा जहाजमा समस्या

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

सोलुखुम्बु। तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् ।  बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय

लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध, पर्यटक रोकिए

सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ

Loading...

Loading...