• २०८१ बैशाख ६ बिहीबार

रेखा र आर्यनको ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौं, भदौ २७ – रेखा थापा र आर्यन सिग्देलको अभिनय रहेको चलचित्र ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक भएको छ । ‘कसले चोर्यो मेरो मन’ पछि सँगै चलचित्रमा नदेखिएका रेखा र आर्यनको अनस्क्रिन जोडी पहिलो पटक ‘रुद्रप्रिया’ मार्फत दर्शकमाझ आउन लागेका हुन् ।  

सुदिप भुपाल सिंहको निर्देशन रहेको चलचित्रलाई रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा र आर्यन सिग्देलसँगै टिका पहारी तथा राजन इशानको मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा नायक आर्यन सिग्देल र कलाकार राजन इशानको चलचित्रकी शीर्ष पात्र ‘रुद्रप्रिया’ प्रतिको प्रेम र आकर्षण देखाइएको छ । आर्यन सिग्देल र नायिका रेखा थापाले झण्डै ८ वर्षपछि एकसाथ चलचित्र खेलेकाले पनि ‘रुद्रप्रिया’ प्रतिक्षामा छ । कात्तिक २ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।

‘रुद्रप्रिया’ को यसअघि एउटा गीत सार्वजनिक भएको थियो । चिरविर चिरविर चाँचरी बोलको गीत रुचाइएको गीत हो । चलचित्रमा राजनराज शिवाकोटी, अर्जुन पोख्रेल र सुरेश अधिकारीको संगीत छ ।

चलचित्र ‘रुद्रप्रिया’ को ट्रेलर : 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै