म्यानमारको अवस्थाप्रति राष्ट्रसंघीय मानवअधिकार आयोगको ध्यानाकर्षण

खरीबोट
ad

जेनेभा। म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बंगलादेश विस्थापित भएपछि रोहिङ्गा समुदायका बारेमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

राष्ट्रसंघीय मानवअधिकार आयोगका प्रमुखले कुनै विशेष जातीमाथि ज्यादती भएको देखिएको र यो कार्य नियोजित रुपमा गरिएको पाइएको भन्दै यसतर्फ सरकारको म्यानमार सरकारको ध्यानाकर्षण गराएका छन्  । 

उक्त अवस्थाको अध्ययनका लागि राष्ट्रसंघले प्रयास गरिरहेको पनि उनले बताए  । 

यस विषयमा म्यानमार सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । दुई हप्तादेखि भइरहेको हिंसामा परी ठूलो संख्याका रोहिङ्गा समुदायका मानिसहरु विस्थापित भएका छन् । करिब तीन लाखको संख्याका म्यानमाली बंगलादेश पुगेका छन् । 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन । विस्थापित यी व्यक्तिहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन् । 

म्यानमार सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले हल्लाको पछि नलाग्न र देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ । म्यानमारका विदेशमन्त्री एवं म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादती गरेको भनी दुष्प्रचार मात्र गरेको बताउनुभएको छ । 

उहाँले पछिल्लो समयमा म्यानमारका केही सोसियल मिडिया एवं विदेशी मिडियाले सैनिक ज्यादती भएको भनेर यसको गलत रुपमा प्रचार गरिरहेका बताए समाचारमा जनाइएको छ । 

सम्बन्धित समाचार

रोहिंग्या समस्याबारे छानवीन गर्न राष्ट्रसंघ प्रतिनिधिद्वारा म्यानमारलाई आग्रह

न्यापित, म्यान्मार ।  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले म्यानमारको रखाइन राज्यमा भएका अल्पसङ्ख्यक रोहिंग्या समुदायले भोगेको समस्याबारेमा उचित अनुसन्धान गर्नुपर्ने बताएका छन् ।  उक्त राज्यमा रोहिंग्या समुदायमा भएका हिंसात्मक गतिविधिपछि सरकारी सेनाबाट स्थितिलाई नियन्त्रणमा

म्यानमारको राष्ट्रपतिमा सुकीका विश्वास पात्र उ विन मिन्त निर्वाचित

नेपित्व । म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित भएका छन् । उनी सत्तारुढ दलका उम्मेदवार हुन् ।  मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उनको एकजना निकटस्थ व्यक्ति हुन् ।  सन्

सुकीका विस्वास पात्र मानिने म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा 

याङ्गुन । म्यानमारका राष्ट्रपति हतिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीका अनुसार उनी अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको बताइएको छ ।  बुधबार उनले

म्यानमार, चीन र बङ्गलादेशबीच विद्युत व्यापार सम्झौता

नाइ पेइ तावा । म्यानमार, चीन र बङ्गलादेशबीचमा शुक्रबार विद्युत् व्यापार सम्झौता भएको छ ।  नई पीइ टावामा भएको तीन देशका मन्त्रीहरूको त्रिपक्षी बैठकले सिमा वारपार विद्युत व्यापार विस्तार गर्ने सम्झौता गरेको हो