• २०८१ बैशाख १२ बुधबार

टेलिभिजन शोमा भिड्दै बलिवुडका दुई सुपरस्टार खान

kharibot

काठमाडौँ, बलिवुडमा यसअघि बोलचाल बन्द भएका दुई खान सलमान खान र शाहरुख खान अहिले निकै नाजिका साथी भएका छन् ।  हालै सलमानको रिलिज भएको फिल्ममा शाहरुखले अतिथि भूमिकामा देखिएर मित्रता गहिरो भएको सबैलाई बताइदिए भने सलमानले पनि शाहरुखको फिल्ममा विशेष भूमिकामा अभिंय गर्ने खबर बलिवुडमा चलेको छ । 

यसै बीच ठुलो पर्दाका यी दुई सुपरस्टार आउदो सेप्टेम्बरमा टेलिभिजनको पर्दामा अलग अलग कार्यक्रममा अलग अलग टेलिभिजनमा आउदै छन् ।  यी दुई खानको टेलिभिजन कार्यक्रमले टेलिभिजनको बीचमा टीआरपीको खेल रोमान्चक हुने बलिवुडमा चर्चा शुरु भएको छ ।

खबरका अनुसार सलमान खानले उनले हरेक बर्ष गर्ने बिग बोस सिजन ११ सेप्टेम्बरबाट नै सुरु हुदै छ ।  कलर्स टेलिभिजनमा आउने यो रियालिटी शो टेलिभिजनको चर्चित रियालिटी शो मध्येको एक शो हो भने अर्का खान शाहरुख खान भने स्टार प्लसमा टेड टक नामक शो लिएर आउने भएका छन् ।

भारतमा पहिलो पटक गर्न लागिएको ग्लोबल टक शोको भारतीय सस्करण हुने छ ।  शाहरुखले यो शो को लागि प्रतिहप्ता ३० करोड रुपिया लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  कुल १४ भागमा हेन यो शो स्टार प्लसबाट प्रसारण हुने भएको छ ।  

सलमान र शाहरुखको सेप्टेम्बरमा टेलिभिजनमा हुने भिडन्तले बलिवुडका दर्शकलाई टेलिभिजनमा आकर्षित गर्ने पक्का छ ।  एकातिर सलमानले संचालन गर्ने बिगबोसका आफ्नै दर्शक रहेका छन् भने नयाँ ग्लोबल फर्म्याटको शो लिएर आएका शाहरुखका पनि आफ्नै दर्शक रहेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै