• २०८१ बैशाख ६ बिहीबार

नेपालको विजयी सुरुवात, सन्दीपको जादुयी बलिङसामु थाईल्याण्ड टिक्नसकेन

kharibot

काठमाडौ । अन्डर १९ एसिया कप क्रिकेटको छनोटको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनले पराजित गरेको छ ।

नेपालका अफ स्पिन बलर सन्दीप लामिछानेको जादुयी बलिंगको अगाडी थाइल्याण्डको टिम धारासायी भएको थियो । थाइल्याण्डले केबल १० ओभर खेल्दै २६ रन बनाउदा आफ्ना सबै विकेट गुमाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभर बलिंग गर्दै ७ विकेट लिएका थिए । त्यस्तै कप्तान दिपेन्द्र, नन्दन यादव र किशोर महतोले एक एक विकेट लिएका थिए ।

यस अघि नेपालले थाइल्याण्डलाई २८२ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएको थियो ।

नेपालको इनिंगमा अनिल कुमार शाहले सर्वाधिक ९१ रन बनाएका थिए । अनिलले ७४ बल खेल्दै ६ चौका र ५ छक्काको मद्दतले ९१ रन बनाएका हुन् । त्यस्तै अन्य ब्याट्सम्यानमा प्रनित थापा मगरले ६१ बलमा ५० रनको महत्वपूर्ण पारी खेलेका थिए । ओपनर सन्दिप सुनारले ३२, कप्तान दिपेन्द्र ऐरीले २२, रिहित पौडेलले २८ , असिफ सेखले २१ रन र पवन सराफले २२ रन बनाएका थिए । 

नेपालका लागि सन्दिप सुनार र अनिल कुमार शाहको जोड ले ६० रनको साझेदारी गरेको थियो भने अनिल कुमार शाह र कप्तान दिपेन्द्रको जोडीले ५२, रोहित कुमार पौडेल र प्रनित थापाको जोडीले ४८ रन्को महत्वपूर्ण साझेदारी गरेका थिए ।

त्यस्तै थाइल्याण्डका बलर पेपुथ सुनगर्न्धले ३, पनासक डेईनमालीडोईले २  र कमरोनले एक विकेट लिएका थिए ।    

नेपाल दिपेन्द्रसिंह ऐरीको कप्तानी र विनोद दासको प्रशिक्षणमा प्रतियोगिता खेल्न लागेको हो । यो प्रतियोगिताका शीर्ष २ मा पर्ने टीम एशिया कप क्रिकेटका लागि छनोट हुनेछन् ।
नेपालले आफ्नो दोस्रो खेल आगामी बुधबार भुटानसँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै