• २०८१ बैशाख ८ शनिबार

अन्डर १९ एसिया कप छनौट : नेपालद्वारा थाइल्याण्डलाई २८२ रनको लक्ष्य (लाइभ अपडेट)

kharibot

काठमाडौ । अन्डर १९ एसिया कप क्रिकेटको छनोटमा नेपालले थाइल्याण्डलाई २८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएको छ ।

नेपालको इनिंगमा अनिल कुमार शाहले सर्वाधिक ९१ रन बनाएका छन् । अनिलले ७४ बल खेल्दै ६ चौका र ५ छक्काको मद्दतले ९१ रन बनाएका हुन् । त्यस्तै अन्य ब्याट्सम्यानमा प्रनित थापा मगरले ६१ बलमा ५० रनको महत्वपूर्ण पारी खेलेका थिए । ओपनर सन्दिप सुनारले ३२, कप्तान दिपेन्द्र ऐरीले २२, रिहित पौडेलले २८ , असिफ सेखले २१ रन र पवन सराफले २२ रन बनाएका थिए । 

नेपालका लागि सन्दिप सुनार र अनिल कुमार शाहको जोड ले ६० रनको साझेदारी गरेको थियो भने अनिल कुमार शाह र कप्तान दिपेन्द्रको जोडीले ५२, रोहित कुमार पौडेल र प्रनित थापाको जोडीले ४८ रन्को महत्वपूर्ण साझेदारी गरेका थिए ।

त्यस्तै थाइल्याण्डका बलर पेपुथ सुनगर्न्धले ३, पनासक डेईनमालीडोईले २  र कमरोनले एक विकेट लिएका थिए ।    

नेपाल दिपेन्द्रसिंह ऐरीको कप्तानी र विनोद दासको प्रशिक्षणमा प्रतियोगिता खेल्न लागेको हो । यो प्रतियोगिताका शीर्ष २ मा पर्ने टीम एशिया कप क्रिकेटका लागि छनोट हुनेछन् ।

खेलको लाइभ स्कोर अपडेटको लागि यँहा क्लिक गर्नुहोस :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै