काठमाडौ । अन्डर १९ एशिया कप छनौटमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिंग गर्दै राम्रो सुरुवात गरेको छ ।
नेपालले ३६ ओभरमा ४ विकेट गुमाएर १८८ रन बनाएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको नेपालका लागि अनिल कुमार शाहले ९१ रन बनाएर आउट भएका छन् । अनिलले ७४ बलमा ९१ रन बनाएका थिए । अनिलले ९१ रनको पारी खेल्दा इनिंगमा ६ चौका र ५ छक्का हानेका थिए ।
नेपालका अन्य ब्याट्सम्यान सन्दिप सुनुवारले ३२ रन, मोहमाग आशिफ शेख २१ रन, कप्तान दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएर आउट भएका छन् ।