• २०८१ बैशाख ८ शनिबार

अन्डर १९ एशिया कप छनौट : नेपालले थाइल्याण्डविरुद्ध ब्याटिंग गदै (लाइभ अपडेट)

kharibot

काठमाडौ । अन्डर १९ एसिया कप क्रिकेटको छनोटमा नेपाल थाइल्याण्डसँग खेल्दैछ । 

खेल मलेसियामा केही बेर अघि सुरु भएको खेलमा थाइल्याण्डले टस जितेर नेपाललाई ब्याटिङका लागि बोलाएको छ ।

नेपाल दिपेन्द्रसिंह ऐरीको कप्तानी र विनोद दासको प्रशिक्षणमा प्रतियोगिता खेल्न लागेको हो ।

नेपालले अहिलेसम्म भएको २५ ओभरको खेलमा २ विकेट गुमाउदै ११९ रन बनाएको छ । नेपालका कप्तान दिपेन्द्र सिंह ऐरी १५ र अनिल कुमार शाह ४५ रन बनाएर खेलिरहेका छन् । नेपालले सन्दिप सुनुवार (३२ रन) र मोहमाग आशिफ शेख (२१ रन) लाई गुमाएको छ ।

यो प्रतियोगिताका शीर्ष २ मा पर्ने टीम एशिया कप क्रिकेटका लागि छनोट हुनेछन् ।

खेलको लाइभ स्कोर अपडेटको लागि यँहा क्लिक गर्नुहोस :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै