• २०८१ बैशाख ६ बिहीबार

बुन्डसलिगा इतिहासमा पहिलो महिला रेफ्री बिबियाना, पहिलो खेलमा दिईन पहेलो कार्ड 

kharibot

महिला रेफ्री बिबियाना स्टेनहस

काठमाडौँ ।  जर्मनीकी एक महिला प्रहरी अधिकृत बिबियाना स्टेनहस जर्मनीको फुटबल लिग बुन्डसलिगाको पहिलो महिला रेफ्री बनेकी छन् । 

बिबियानाले बुन्डेसलिगाको आइतबार एक खेला खेलाएर नयाँ इतिहास बनाएकी छन् । 

बिबियानाले आइतबार हेर्था बर्लिन र वेरडर ब्रेमेनबीचको खेल खेलाएकी थिइन् जुन खेल १-१  गोलले बराबरी भएको थियो । 

३८ बर्षिया बिबियानाले आफ्नो १० बर्षे रेफ्री क्यारियरमा पहिलो पटक यति ठुलो लिगमा रेफ्री गर्ने मौका पाएकी हुन् । उनले खेलमा एक पहेलो कार्ड देखाएकी थिइन् भने खेलमा कुल २१ फाउल दिएकी थिइन् । 

गएको हप्ता जर्मन फुटबल फेडेरेशनले बिबियानालाई बुन्डसलिगामा रेफ्रीको लागि नियुक्त गरेको थियो  ।  उनले यसअघि नै जर्मनीको दोस्रो डिभिजन लिग र  जर्मन कपमा रेफ्री गरिसकेकी छन् । 

सन् १९९९ देखि रेफ्री गर्न सुरु गरेकी बबियाना फिफाको २०११ को महिला विश्व कपको १६ रेफ्री प्यानल मध्ये एक थिइन् ।  उनले त्यति बेला जापान र अमेरिकाबीच भएकी फाइनल खेलको रेफ्री गरेकी थिइन् । यसै बर्ष युएएफएले २०१७ को युएएफए महिला च्याम्पियन्स लिगको फाइनलका लागि छनौट गरेको थियो । 

यसै बर्ष बिबियानाको इङलिश रेफ्री हवार्ड वेबसँग अफयेर्स चलेको रिपोर्ट बाहिरिएको थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै