संयुक्त विद्यार्थी संगठनद्वारा अस्थायीलाई व्यवस्थापन गरी योग्य शिक्षक परिपूर्ति गर्न माग

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ। संयुक्त विद्यार्थी संगठनले अस्थायी शिक्षकको सम्मानजनक व्यवस्थापन गरी नयाँ योग्य शिक्षकको पदपूर्ति गर्न सरकारसँग माग गरेको छ । 

आइतबार अनेरास्ववियूको केन्द्रीय कार्यालय बागबजारमा बसेको बैठकले पूराना अस्थायी शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान हुन नसक्ने र तिनलाई व्यवस्थापन गर्दै शिक्षक अध्यापन अनुमतिपत्र लिएका योग्य शिक्षकको पदपूर्ति गर्न माग गरेको हो । 

सरकारले नवौँ शिक्षा ऐन संशोधन गरेर अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेकोमा आपत्ति जनाउँदै बैठकले योग्य शिक्षकबाट विद्यार्थीले पढ्न पाउने नैसर्गिक अधिकार संकुचन भएको ठहर गरेको अनेरास्ववियूका सचिव आरसी लामिछानेले जानकारी दिए । 

बैठकले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसलाई स्वायत्त बनाउने नाममा विद्यार्थीमाथि आर्थिक व्ययभार थपिएको भन्दै स्वायत्तमा लैजान खोजिएका क्याम्पसको प्रक्रियासमेत रोक्न आग्रह गरेको छ । 

बैठकले एमविविएस र विडिएस भर्नाका लागि मेडिकल कलेजहरुले सरकारले तोकेको ३५ लाखभन्दा बढी शुल्क लिइरहेकोप्रति आपत्ति जनाएको छ । सचिव लामिछानेले सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको पाइएकोमा देशभरका निजी मेडिकल कलेजविरुद्ध आन्दोलन गर्ने बताए । 

यसैगरी बैठकले सामाजिक सेवाका रुपमा दर्ता भएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गर्न खोजिएकाले उक्त कलेजलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनसमेत माग गरेको छ । 

बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियूका उपाध्यक्ष रश्मी आचार्य, अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, अखिल (पाँचाँै) का घनश्याम मिश्रलगायत १० विद्यार्थी संगठनका पदाधिकारीको सहभागिता थियो ।

सम्बन्धित समाचार

विद्यार्थीको बोझ घटाउन गणित र विज्ञान अनिवार्य विषयबाट हट्दै

काठमाडौँ । कक्षा ११ र १२ मा विद्यार्थीको बोझ घटाउन विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपमार्फत गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य भएको छ ।  नयाँ व्यवस्थाअनुसार कक्षा ११ र १२ मा

चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा अमेरिकी महिलालाई २५ वर्ष जेल

फोनिक्स । एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ ।  उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ । अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई

विद्यार्थीलाई ऋण दिनका लागि कार्यविधि माग

काठमाडौँ ।  दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्न कार्यविधि बनाउन सरकारसँग माग गरेका छन् ।  क्रान्तिकारीको कार्यालय बागबजारमा आज बसेको दुई संगठनको बैठकले विद्यार्थीलाई

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

लहान / पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् ।  कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत