• २०८१ बैशाख १३ बिहीबार

भेनेजुएलाको निर्वाचनका क्रममा १० जनाको मृत्यु

kharibot

कराकस (भेनेजुएला), भेनेजुएलामा आइतबार सम्पन आम निर्वाचनमा भएको हिंसाका क्रममा दश व्यक्तिको मृत्यु भएको छ ।

राजनीतिक सङ्कट समाधान गर्नका लागि संविधान पुनर्लेखन गर्न भन्दै यहाँका राष्ट्रपतिले नयाँ शक्तिशाली निकायको भन्दै निर्वाचनको आह्वान गरेका थिए । तर सो निर्वाचन निकै विवादमा परेको छ । निर्वाचनको औचित्य र वैद्यतामा प्रश्न उठाइएको छ ।

यस निर्वाचनको क्रममा मारिएकामा एकजना सैनिक पनि परेका छन् । नयाँ संविधान सभाका लागि भन्दै गरिएको सो निर्वाचनमा उठेका एक उम्मेदवार, दुई प्रदर्शनकारी युवासमेत निर्वाचन हिंसामा परी मारिएका छन ।

भेनुजुएलाका राष्ट्रपति निकोलास् मादुरोले यस निर्वाचनमा आफू विजयी भएको दावी गरेका छन । अन्तर्राष्ट्रिय जगतले संविधानसभाको लागि भएको यस निर्वाचनको आलोचना गरेको सोमबार जनाइएको छ । उनीहरुले यस निर्वाचनको बैद्यतामाथि प्रश्न गरेको छ ।

अन्तर्राष्ट्रिय जगतले यसलाई राष्ट्रपति मादुरोको शक्ति बढाउने काम मात्र भएको टिप्पणी गरेको छ । कैयाँै देशले यो निर्वाचन अनावश्यक भनेका छन । भेनुजुएलाका प्रमुख निर्वाचन अधिकारीका अनुसार यस निर्वाचनमा ४१.५३ प्रतिशत मात्र भोट खसेको थियो ।

विपक्षीले यस निर्वाचन बहिष्कार गरेका छन् । तर पनि आठ लाख भन्दा बढी मतदाता रहनुलाई ठूलै उपलब्धि मान्नुपर्ने राष्ट्रिय निर्वाचन परिषद प्रमुख टिबिस लुसेनाले बताएका छन ।

भेनेजुएलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयूडी) ले वर्तमान राष्ट्रपति निकोलास मादुरोले भेनेजुएलामा राजनीतिक सङ्कट चरम सीमामा पुग्दासमेत समाधान गर्न नसकेको आरोप लगाउँदै अएको थियो ।

आर्थिक सङ्कटसमेत चुलिएको भन्दै विगत चार महिनायता त्यहाँ आन्दोलन जारी राखेका छन । सो आन्दोलनको क्रममा १२० नागरिकको ज्यान गुमाइसेका छन । भेनेजुएलामा प्रतिपक्षी समूहले निर्वाचन विथोल्न पछिल्लो ४८ घण्टा आन्दोलनलाई थप सशक्त बनाएको थियो ।

उक्त समूहले मादुरो संसदमा अल्पमतमा परेकाले संसदीय विरोधलाई छल्न संविधानको ‘प्रपञ्च’ रचेको आरोप लागाएका छन । सो निर्वाचन ५४५ सदस्यका लागि भएको हो । जहाँ छ हजारभन्दा बढी उम्मेदवार भए पनि एकजना पनि उम्मेदवारले विपक्षी दलको तर्फबाट भाग नलिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै