• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानमा कमाण्डरसहित १२ जना तालिबान लडाकु मारिए

kharibot

कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा आइतबार एक जना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका छन् ।

“सुरक्षा फौजले तालिबानलाई हटाउन क्वाला ए जाल जिल्लाको घुसी गाँउमा आइतबार विहानै कारबाही गरेको थियो, सो कारबाहीमा परी तालिबानका एकजना कुख्यात कमाण्डर मावलावी इस्माइल सहितचार जनाको घटनास्थलमै मृत्यु भएको छ,” जिल्ला गभर्नर अब्दुल मोमीनले भने ।

भिडन्तका क्रममा अरु दुई जना लडाकू घाइते भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

उक्त प्रान्तमा तालिबान लुकेर बसेको सूचनाको आधारमा सेनाले कारबाही थालेको थियो । सो कारबाही अहिले पनि जारी रहेको छ । रासस÷सिन्ह्वा

त्यसैगरी दक्षिणी हेल्मन्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् ।

“गत चौबिस घण्टामा अफगानिस्तानको सुरक्षा फौजले साङगीन, नाहरी, सार्राज, गर्मसेर र वाशेर जिल्लामा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्,” सरकारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार सोही अवधिमा अरु तीन जना याख्चाल क्षेत्रमा मारिएका छन् भने चार जना घाइते भएका छन् । हेल्मड प्रान्तमा तालिबानको दह्रो प्रभाव बढ्दै गएको छ । रासस÷सिन्ह्वा

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै