• २०८१ बैशाख ७ शुक्रबार

राप्रपा प्रजातान्त्रिकबाट तीन मन्त्री बन्ने पक्का, भोलि शपथ 

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा जाने भएको छ ।

राप्रपा प्रजातान्त्रिक तीन मन्त्रलाय लिएर सरकारमा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहोरा–विज्ञान तथा प्रविधि, सुनील थापा–उद्योग र विक्रम पाण्डे वन मन्त्री बन्ने भएका हुन् । उनीहरुले सोमबार बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको छ । 

कुल १८ सांसद लिएर नयाँ पार्टी गठन भएको राप्रपा प्रजातान्त्रिकले दिपक बोहोरालाई संसदीय दलको नेतामा आइतबार नै चयन गरेको छ । 

यसअघि राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने भएका हुन् । 

राप्रपा प्रजातान्त्रिकले तीन जना मात्र मन्त्री भए पनि सरकारमा सहभागी हुने मनस्थितिमा रहेको राप्रपा प्रजातान्त्रिकले ती मन्त्रालयमा राज्यमन्त्री पनि नियुक्त गर्नुपर्ने माग गरेको बुझिएको छ ।  

राप्रपा प्रजातान्त्रिकलाई सरकारमा जान पार्टी फुटाएको आरोप लागेको छ ।

निर्वाचन आयोगमा अलग्गै पार्टीको रुपमा दर्ता भएपछि राप्रपा प्रजातान्त्रिकका सांसद पद के हुने भन्ने कानुनी अल्झनका बीच प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सामेल गराउन लागेका हुन् । 

आयल निगमको भ्रष्ट्राचार प्रकरणमा मुछिएका तत्कालिन मन्त्री दिपक बोहोरालाई मन्त्री बनाउने कुरालाई पनि विरोध भैरहेको छ  । 

त्यस्तै राप्रपा प्रजातान्त्रिकलाई राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चमा दायर गरेको मुद्धामा पनि सर्वोच्चले छलफलका लागि बोलाएको भएपनि प्रधानमन्त्रीले सरकारमा सामेल गराउनु फेरी विवादस्पद हुने संकेत देखिएको छ ।

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने भएका हुन् । 

अहिले प्रधानमन्त्री, ३ जना उपप्रधानमन्त्री, २३ जना मन्त्री र २३ जना राज्यमन्त्री गरी ५० सदस्यीय मन्त्रिपरिषद रहेको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै