राप्रपा प्रजातान्त्रिकबाट तीन मन्त्री बन्ने पक्का, भोलि शपथ 

खरीबोट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा जाने भएको छ ।

राप्रपा प्रजातान्त्रिक तीन मन्त्रलाय लिएर सरकारमा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहोरा–विज्ञान तथा प्रविधि, सुनील थापा–उद्योग र विक्रम पाण्डे वन मन्त्री बन्ने भएका हुन् । उनीहरुले सोमबार बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको छ । 

कुल १८ सांसद लिएर नयाँ पार्टी गठन भएको राप्रपा प्रजातान्त्रिकले दिपक बोहोरालाई संसदीय दलको नेतामा आइतबार नै चयन गरेको छ । 

यसअघि राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने भएका हुन् । 

राप्रपा प्रजातान्त्रिकले तीन जना मात्र मन्त्री भए पनि सरकारमा सहभागी हुने मनस्थितिमा रहेको राप्रपा प्रजातान्त्रिकले ती मन्त्रालयमा राज्यमन्त्री पनि नियुक्त गर्नुपर्ने माग गरेको बुझिएको छ ।  

राप्रपा प्रजातान्त्रिकलाई सरकारमा जान पार्टी फुटाएको आरोप लागेको छ ।

निर्वाचन आयोगमा अलग्गै पार्टीको रुपमा दर्ता भएपछि राप्रपा प्रजातान्त्रिकका सांसद पद के हुने भन्ने कानुनी अल्झनका बीच प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सामेल गराउन लागेका हुन् । 

आयल निगमको भ्रष्ट्राचार प्रकरणमा मुछिएका तत्कालिन मन्त्री दिपक बोहोरालाई मन्त्री बनाउने कुरालाई पनि विरोध भैरहेको छ  । 

त्यस्तै राप्रपा प्रजातान्त्रिकलाई राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चमा दायर गरेको मुद्धामा पनि सर्वोच्चले छलफलका लागि बोलाएको भएपनि प्रधानमन्त्रीले सरकारमा सामेल गराउनु फेरी विवादस्पद हुने संकेत देखिएको छ ।

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने भएका हुन् । 

अहिले प्रधानमन्त्री, ३ जना उपप्रधानमन्त्री, २३ जना मन्त्री र २३ जना राज्यमन्त्री गरी ५० सदस्यीय मन्त्रिपरिषद रहेको छ ।
  
 

सम्बन्धित समाचार

निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकको हस्ताक्षर सनाखत आइतबार गर्ने

काठमाडौँ ।  निर्वाचन आयोगले केही दिनअघि विभाजन भएको घोषणा गरेको राप्रपा प्रजातान्त्रिकका सांसद र केन्द्रीय हस्ताक्षर सनाखतका लागि आइतबार बोलाएको छ ।  नेता पशुपतिशम्शेर जबरालगायतले दिएको निवेदनमा समर्थन गर्न चाहने केन्द्रीय

सर्वोच्चको आदेशपछि राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढने

काठमाडौं । राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढने भएको छ ।  सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिकले दिएको रिटमा फैसला गर्दै निर्वाचन आयोगलाई दल दर्ता गर्ने प्रक्रिया अगाडी बढाउँ आदेश दिएको छ

सर्वोच्चको आदेशपछि राप्रपा प्रजातान्त्रिक आयोगमा दर्ता

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई राजनीतिक दलका रुपमा बुधबार दर्ता गरेको छ ।  आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार दल दर्ता गरिएको जानकारी दिए । आयोगले

राप्रपा प्रजातान्त्रिक संसद् सचिवालयमा पनि दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले निर्वाचन आयोगले नयाँ दलका रुपमा मान्यता दिएको आधिकारिकपत्र आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ ।  संविधान सशोधन र सरकारमा सामेल हुने वा नहुने भन्ने विषयमा तीव्र