• २०८१ बैशाख ८ शनिबार

त्यसो भए एलियनले पृथ्वीको अवलोकन गरिरहेको छ !

kharibot

फाइल तस्बिर (इन्टरनेट) ।

यो संसार अर्थात् पृथ्वीबाहेकका ग्रहमा जीवन होला कि नहोला ! यदि रहेछ भने कस्तो जीवन अस्तित्वमा होला ! त्यहाँ मान्छे होलान् के ! रहेछन् भने तिनीहरु कस्ता होलान्, कि हामीजस्तै पनि होलान् ! यी र यस्ता जिज्ञासा पृथ्वीका कुना कुनामा पाइन्छन् ।

अझ विकसित देशका अनुसन्धानकेन्द्रमा काम गर्ने वैज्ञानिकहरुका लागि यो कुनै नौलो कुरा होइन । यसै पनि एलियनबारे धेरै कथा, किस्सा लेखिएकै छन्, कैयौं फिल्महरु बनेका छन् त कैयौँ उपन्यासका पात्रहरु एलियन छन् । तर अब यसमा केही सत्यता हुनसक्ने निष्कर्ष अध्ययनहरुले निकाल्दै गएका छन् । एक अध्ययनका अनुसार अन्य ग्रहबाट एलियनहरुले पृथ्वीजस्ता चट्टानी ग्रहहरुबारे एक्सोप्लानेटबाट सजिलै अध्ययन गर्नसक्ने कुरा पत्ता लागेको छ ।

वैज्ञानिकहरुले हाम्रो सौर्य प्रणालीमा नरहेका ग्रहबाट एलियनले पृथ्वीलाई सजिलै र सहजै अध्ययन गर्नसक्ने दाबी गरेका छन् । क्वीन्स युनिभर्सिटी बेलफास्टका अनुसार एलियनले पृथ्वीको अवलोकन गर्न सक्ने दाबी गरिएको हो ।

अन्तरिक्षमा रहेको ट्रान्जिट्सबाट सूर्यबाट अगाडि रहेकै केही आकाशीय भागहरु जहाँबाट धेरै ग्रहहरु देखिन्छन्, देख्न सक्ने वैज्ञानिकहरु बताउँछन् । थाहा भएका हाम्रो सौर्य प्रणालीबाट बहिरका हजारौँ एक्सोप्लानेटबाट ६८ वटा नयाँ संसारको पहिचान भएको छ जहाँबाट एउटा वा धेरै ग्रहहरुले हाम्रो सोलार सिष्टमबाट सूर्यको परिक्रमा गरिरहेका छन् । यसमध्ये नौ वटा ग्रहहरु पृथ्वीको अवलोकनका लागि प्रयोग गरिएको बताइएको छ । यद्यपि ती नौ ग्रहहरु पृथ्वीको जस्तो जीवन रहेको मानिँदैन । ग्यास ग्रहहरु जुपिटर, साटुर्न, युरेनस र नेप्ट्युन भन्दा पृथ्वीजस्ता चट्टानी ग्रहहरु अवलोकनका लागि सजिलो हुने उनीहरुको भनाइ छ ।

यो रिसर्च रोयल एस्ट्रोनमिकल सोसाइटीको मन्थ्ली नोटिसेज भन्ने जर्नलमा प्रकाशित भएको छ ।  

  • मिरर युकेबाट भावानुदित ।

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै