एनआईसी एशिया बैकद्धारा शाखा रहित सेवा सुरु 

खरीबोट
ad

काठमाडौ । एनआईसी एशिया बैैकले शाखा रहित सेवा सुरु गरेको छ । बैैकले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने सँगसँगै गाउँ गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । 

सोहि क्रममा बैंकले पहिलो स्थापना यहि भाद्र २३ गते सन्दकपुर गाउँपालिका, देउराली बजार, इलाम र भाद्र २४ गते बुद्घशान्ति गाउँपालिका, शान्तिनगर गडी गाउँ बजार, झापा र रोङ्ग गाउँपालिका, कुटी डाडाँ बजार इलाम जिल्लाबाट तीन वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

देउराली बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुली , शान्तिनगर गडी गाउँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बुद्घशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेल र कुटीडाडाँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोङ्ग गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई (बुढाथोकि) ले गरेको बैैकले जानकारी दिएको छ ।

बैंकले उपरोक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंक प्रतिनिधिको रुपमा देउराली बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि सोमति सुनचिउरी, शान्तिनगर गडी गाउँ बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि कमल भट्टराई र कुटीडाडाँ बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि यादब बराल नियुुुक्त गरेको छ । 

यो सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने र पठाउने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ । 

यि तीन वटा शाखा रहित बैंकिङ्ग सेवाहरु सहित हाल यस एनआईसी एशिया बैंकले आफ्ना एक सय २० शाखाहरु, चार एक्टेन्सन काउन्टरहरु र ९० एटिएम सञ्जालहरु मार्फत देशभर सेवा प्रदान गरिरहेको छ । 

सम्बन्धित समाचार

एनआइसी एशिया बैंक लिमिटेडको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु 

काठमाडौँ ।  एनआइसी एशिया बैंक लिमिटेडले म्याक्स मनिसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ ।  बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै

के हो एनआइसी र बैंकर्स संघ विवाद ? अन्तर बैक कारोवार रोकिदा कस्तो असर पर्छ ?

काठमाडौं । एनआइसी एसिया बैंकले शुक्रबारदेखि बचत र मुद्दती निक्षेपमा ब्याजदर बढाएपछि बैंकबीच विवाद चर्केको छ ।  एनआइसीले बचत खातामा १० प्रतिशत र मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने घोषणा गरेपछि

एनआइसी एशिया बैंक स्विफ्ट ह्याक प्रकरण : चोरिएको अधिकांश रकम फिर्ता

काठमाडौँ ।  एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक गरी तिहारमा एनआइसी एशिया बैंकबाट

दशैँ तिहारको अवसरमा एनआइसी एशिया बैंकको घर कर्जा  योजना 

काठमाडौँ । एनआइसी एशिया बैंकले दशैँ तिहारको अवसरमा घर कर्जा  योजना ल्याएको छ । उपयुक्त गासँ, बास र कपासको व्यवस्था गर्ने कार्य कुनै पनि नागरिकको पहिलो प्राथमिकताको विषय हुने हुनाले सोही विषयलाई मध्यनजर