• २०८१ बैशाख ७ शुक्रबार

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषद्वारा यसबर्षको पुरस्कारको घोषणा

kharibot

काठमाडौँ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्ष (२०७४) प्रदान गरिने तीन पुरस्कारको घोषणा गरेको छ ।

कोषले नगद पुरस्कार रु. दुई लाख र सम्मानपत्र सहितको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार – बनखेत, भीमदत्त नगरपालिका, कञ्चनपुरस्थित महिला तथा वृद्ध सेवा केन्द र  यसका अध्यक्ष श्रीमती श्रीमती शारदा देवी चन्दलाई दिने निर्णय गरेको छ । 

त्यस्तै नगद पुरस्कार रु. एक लाख र सम्मानपत्र सहितको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार – सलम्बुटार, साँखु, शङखरापुर, काठमाडौं स्थित द्वन्द्व पीडित अपाङ्ग सलम्बुटार, साँखु, शङखरापुर, काठमाडौं र यसका अध्यक्ष युवराज थापालाई दिने निर्णय गरको छ ।

त्यस्तै नगद पुरस्कार रु. एक लाख र सम्मानपत्र सहितको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार – भत्केपाटी, कीर्तिपुर, काठमाडौं स्थित बेबी लाइफ होम र संयुक्त संस्थापक राजकुमार पुन र उमा राई गुरुङलाई दिने निर्णय गरेको छ ।

स्वयम् सेवाको भावनाले सामाजिक सेवा जस्तो पुनीत कार्यमा उदाहरणीय योगदान गर्ने संस्था वा व्यक्तिलाई पुरस्कृत र सम्मानित गर्ने उद्देश्यले यस पुरस्कार कोषको स्थापना २०७० मा भएको थियो ।

सुरुमा रु. दुई लाखको एक पुरस्कार मात्र दिइएकोमा २०७२ देखि संरक्षकले थप रु. एक लाख प्रदान गरेकाले दुई पुरस्कार दिंदै आएकोमा २०७४ मा उनीबाट थप एक लाख प्राप्त भएकाले चार लाखको पुरस्कार प्रदान गर्न कोष सक्षम भएको छ । पुरस्कारको यो चौथो वर्ष हो ।

पुरस्कृत गरिने प्रतिभा (सामाजिक सेवामा समर्पित संस्था वा व्यक्ति) को छनोट निष्पक्ष र उद्देश्यमूलक ढंगबाट हुन सकोस् भनेर सुनिश्चित गर्न प्रत्येक वर्ष कोषको प्रबन्ध समितिले पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन गर्ने व्यवस्था छ ।

सो समितिले प्राप्त सूचनाको आधारमा सम्भाव्य देखिएका संस्था वा व्यक्तिको योगदान र त्यसबाट परेको प्रभाव बारे वस्तुपरक जानकारी लिन स्थलगत अवलोकन समेत गर्दछ । त्यस्तो अवलोकन भ्रमणका क्रममा अन्य कुराहरुको अतिरिक्त मुख्य रुपमा कानूनको पालना, सुशासन र जवाफदेही, दिगोपन, संस्थाको व्यबस्थापन, संस्थाले समाजमा पारेको प्रभाव र समर्पण भावको निष्पक्ष ढंगबाट विवेचना गरिन्छ ।

प्रतिभा छनोट समितिले गरेको सिफारिशको दुई तह (प्रबन्ध समिति र साधारण सभा) ले छानबिन गरेर मात्र पुरस्कार बारेमा निर्णय गर्ने व्यवस्था छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै