• २०८१ बैशाख १२ बुधबार

लिभरपुलमाथि म्यान्चेस्टर सिटीको फराकिलो जित, जिसस र सानेले गरे दुई दुई गोल 

kharibot

काठमाडौँ ।  शनिबार इंग्लिश प्रिमियर लिगअन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ५–० को गोल अन्तरले हराएको छ ।  

खेलको २४ औं मिनेटमा म्यानचेस्टर सिटीका लागि सर्जियो अग्युरोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा सिटीका लागि जिससले गोल गरेका थिए ।

जिससले नै खेलको ५३ औं मिनेटमा गोल गर्दै ३–० को अग्रता बनाए । खेलको ३७औं मिनेटमा लिभरपुलका खेलाडी साडियो मानेले रातो कार्ड खाँदै बाहिरिएपछि सिटी लिभरपुलमाथि हाबी भएको थियो ।  

सिटीका लिरोय सानेले खेलको ७७औं मिनेटमा तथा खेल सकिन केही समय बाँकी रहँदा गोल गर्दै म्यानचेस्टर सिटीलाई ५-० को जित दिलाएका थिए । म्यान्चेस्टर सिटीका सर्जियो अग्युरोले सिटीका लागि यस खेलमा १२४औ गोल गर्दै युरोपियन लिगमा अहिलेसम्मकै धेरै गोल गर्ने नन युरोपियन खेलाडी बनेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै