• २०८१ बैशाख १२ बुधबार

चितुवाको छाला सहित दुई जना पक्राउ 

kharibot

बर्दिया ।  बर्दियाको गुलरिया नगरपालिका ७ स्थित बिजया गेस्ट हाउसमा चितुवाको छाला दुई जना पक्राउ परेका छन ।

प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त विशेष टोलीले चितुवाको छाला किनबेचको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जानकारी संयुक्त टोली प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताए । 

बिगत एक हप्ता देखि पछ्याइरेका थियौ बल्ल आज फेला परे निरिक्षक सिंहले भने । उनका अनुसार आज बिहान ११.५५ को समयमा बर्दियाको गुलरियामा अवस्थित बिजया गेस्ट हाउसको कोठा नं २१७ मा १० लाख रुपैयाँमा छाला किनबेच भइरहेको गोप्य सूचनाका आधारमा दुई जना पक्राउ परिएको समेत बताए ।

पक्राउ पर्नेमा बर्दिया निर्माण व्यवसायी संघ बर्दियाका पूर्वअध्यक्ष, बाँसगढी नगरपालिका १ का जीत बहादुर देवकोटा र बारवर्दियाका ९ का नरबहादुर शाहीलाई पक्राउ गरेको समेत निरीक्षक सिंहले बताए ।

पक्राउ गरिएको छाला १ फिट १० इन्च चौडा र ९ फिट इन्च लम्बाई रहेको छ । बेच्नका लागी ल्याइएको छाला वैतडी चिसापानी भुरिगाउँ हुँदै गुलरिया ल्याएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै