• २०८१ बैशाख १२ बुधबार

खोट काङ्ग्रेस-माओवादीमा रहेको राप्रपा अध्यक्ष कमल थापाको आरोप

kharibot

राजविराज, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसका समस्या समाधान गर्दै राजपालाई चुनावमा सहभागी हुने बाताबरण बनाउनु पर्नेमा जोड दिएका छन् ।

उनले मधेस समस्याको निमित्त दोष राप्रपा-एमालेलाई दिने तर खोट भने काङ्ग्रेस-माओवादी रहेको भन्दै समस्या समाधानको निमित्त सरकार उदासिन भएको प्रती आपत्ति प्रकट गरे ।

दुई नम्बर प्रदेश स्थानीय तह निर्वाचनको तयारिको क्रममा सप्तरीको राजबिराज पुग्नुभएका थापाले आज पत्रकारसँग कुरा गर्दै आफ्नो पार्टीले हिन्दुत्व,मधेसको अधिकार र पहिचानको संरक्षण र आर्थिक बिकासलाई मुख्य एजेन्डा बनाएर जनतामाझ जाने बताए । उनले भ्रष्टाचार निबारणको निमित्त पार्टीले शसक्त आवाज उठाउने समेत बताए ।

मधेसमा देखिएको अतिबादी शक्तिलाई “आइसोलेट” गर्नको निमित्त संविधानको परिधी भित्र रहेका उदारबादी शक्तिलाई राष्ट्रिय राजनितिको मुलधारमा ल्याउनु पर्नेमा उनको जोड थियो ।मधेस समस्या समाधानको निमित्त नेपाली काङ्ग्रेस र सत्तारूढ दल गम्भिर नभएको आरोप लगाउदै थापाले नियतबस नै सत्तारूढ दलको राजनितिक स्वार्थका कारण समस्या समाधान नगर्ने र राजपालाई चुनाव बाहिर राख्ने सुनियोजित खेल हुन सक्ने आशंका व्यक्त गरे ।

उनले यो उपयुक्त नभएको जिकिर गर्दै काङ्ग्रेस – माओवादी गम्भीर नभेको टिप्पणी गरे । ठुला भनिने राजनितीक दलको अकर्मण्यता, गलत निति र सत्ता लिप्साका कारण बिखन्डनकारी शक्ति हाबी हुदै गएको तर्फ चिन्ता व्यक्त गरे । अध्यक्ष थापाले मधेस राप्रपाको निमित्त उर्बर भुमी भएको भन्दै यस प्रदेशको निर्बाचनमा पार्टीले उत्साहजनक परिणाम ल्याउने बिश्वास गरे ।

महोत्तरीको बर्दिबासबाट शुरु भएको कार्यक्रम राजबिराज , लहान र जनकपुर पुगेर सम्पन्न हुनेछ । पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ , रामचन्द्र राय ,प्रबक्ता शुशिल श्रेष्ठ , सहायक महामन्त्री राजाराम बर्तौला लगायत केन्द्रिय सदस्यहरु भ्रमण टोलीमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै