• २०८१ बैशाख १३ बिहीबार

सलमान, शाहरुख को बन्लान् धुम-४ मा चोर ? 

kharibot

मुम्बई। यशराजको ब्यानरको चर्चित फिल्म सीरीज 'धूम' मा हरेक पटक 'चोर' को भूमिका लाई लिएर चर्चाको विषय बन्ने गरेको छ। यसअघि बनेका तीन सिरिजमा पहिलोमा जोन अब्राहम, दोस्रोमा ऋतिक रोशन र ऐश्वर्या राय र तेस्रोमा आमिर खानले चोरको भूमिका निभाएका थिए।

यशराजले अब यस सिरिजको चौथो फिल्म बनाउने तयारी गरिरहेको छ। फिल्मको तयारी सुरु भैरहेका बेला फिल्ममा चोरको भूमिकालाई लिएर फेरी चर्चा सुरु भएको छ।  फिल्ममा सलमान खानले चोरको भूमिका गर्ने चर्चा चलेपनि अभिषेक बच्चनका कारण सलमान धुम सिरिजमा नहुने भएका छन्।  

सलमानले फिल्ममा काम गर्न अभिषेकलाई हटाउनु पर्ने शरत रकहेको भारतीय मिडियामा चर्चा चलेको छ तर फिल्मका निर्माताले पहिलो सिरिजदेखि नै प्रहरी अफिसरको भूमिकामा अभिषेकलाई नहटाउने भएपछि सलमानको धुम -४ मा चोर बन्ने सपना अब पुरा नहुने भएको हो। 

मिडिया रिपोर्टसका अनुसार अहिले धुम-४ मा चोरको भूमिका लागि शाहरुख खान र रनबीर कपुरलाई लिइएको बताइए पनि यस समाचारलाई यशराजले पुष्टि गरेको छैन। 

फिल्मका निर्देशक विजय कृष्ण आचार्य हाल ठग्स अफ हिन्दोस्तानको निर्माणमा व्यस्त भएकाले यस फिल्मको समाप्तिसँगै उनले धुम-४ को काम सुरु गर्ने बताइएको छ। धुम-४ को अधिकांश भाग दुबईमा सुतिंग गर्ने तय भएको र चोरको भूमिकामा शाहरुख खान आउने तय भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै