• २०८१ बैशाख ११ मंगलबार

राप्रपाको विधान संशोधन, सबै केन्द्रीय पदाधिकारी पदमुक्त

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीले सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपाध्यक्ष वुद्धिमान तामाङ संयोजकत्वको विधान संशोधन उपसमितिको प्रतिवेदन पारित गर्दै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त गरेको हो । 

अब राप्रपाको संशोधित विधान अनुसार नयाँ ढंगले पदाधिकारीहरु नियुक्त गर्ने राप्रपाले जनाएको छ । संशोधित विधानअनुसार राप्रपामा ५० प्रतिशत पदाधिकारी महाधिवेशनबाट र ५० प्रतिशत अध्यक्ष कमल थापाले मनोनित गर्नेछन् ।

संशोधित विधानअनुसार राप्रपाको केन्द्रीय समिति २ सय ७७ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा प्रत्येक जिल्लाबाट कम्तीमा एक जनाको प्रतिनिधित्व पनि सुरक्षित गरिएको छ । अब महाधिवेशन प्रतिनिधि र प्रत्येक जिल्लाबाट एकजना केन्द्रिय सदस्य सक्रिय सदस्यहरुको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् तथा सबै तहमा पदाधिकारीहरु आधा निर्वाचित हुने राप्रपाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै