• २०८१ बैशाख १३ बिहीबार

प्राइम लाइफसँग एनआईसी एसियाले गर्‍यो बैंकास्योरेन्स सम्झौता

kharibot

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाइफइन्स्योरेन्स कम्पनीको जीवनबीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १८२ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५४अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १२ लाख १९हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै