बाबाहरुले किन हत्या र बलात्कार गर्दछन् ?

खरीबोट

काठमाडौँ । आध्यात्मको केन्द्र हाम्रो छिमेकी मुलुक भारतमा संसारले भगवानका दर्जा दिएका लाखौं भक्त भएका गुरुहरु एकपछि अर्को गर्दै विभिन्न आरोपमा प्रहरीद्वारा समातिने क्रमको लहरै लागेको छ ।

नाम चलेका समाजले श्रद्धा गरेका बाबाहरुको, पत्याउनै नसक्ने गरी हत्या,  बलत्कार,  ठगी, अपरहरण, अवैध धनको संकल्न जस्ता अपराधका घटनाहरु एकपछि अर्कोगर्दै बाहिर आउदै छन् । यसको पछिल्लो श्रृङ्खला भनेको डेरा सच्चा सौदा नामको संस्थाका प्रमुख गुरमीत राम रहीमलाई १५ वर्ष अगाडि आफ्ना दुई चेलीलाई गरेको बलत्कारको आरोपमा २० वर्षको जेल चलानको हो ।

भिक्षुहरुको मुलुक थाईल्याडबाट पनि केहि वर्ष अगाडि निजी जेट विमानमा चार भिक्षुहरु सवार भएको भिडियो सन्सारभर भाइरल भयो । हाम्रै नेपालमा पनि राज्यमन्त्रीसम्म भएका बौद्ध भिक्षुको अवतारमा लर्केल लामाले बैङ्कको लकरमा पेस्तोल राखेको समाचारले सनसनी मच्चाएको थियो । आखिर किन त अध्यात्मको नाममा, धर्मको नाममा जिवन उत्सर्ग गरेका जस्ता देखिएका मानिसहरु मानसिक रुपमा यति विग्न दुर्वल छन् कि तिनले आफ्नो चित्त र शरिरीक संवेदनालाई नियन्त्रणमा राख्न सकेनन् ?

यो प्रसंङ्गमा प्रवेस गर्नु अगाडि  अध्यात्मिक गुरु ओसोले भन्नु भएको एउटा कथा सान्दर्भिक छ । केहि दशक अगाडि विहारको कुनै जेलबाट एउटा चोरको आरोपमा जेल परेको कैदी भागेछ । त्यो कुरा थाहा पाएर समाउनका लागि केहि प्रहरीहरुले सो कैदीलाई पछ्याउदै गएछन् । त्यो जेलको पछाडि जंगल रहेछ । अनि जंगलको सिमाना गहिरो खोँचमा गएर सकिदो रहेछ । कैदी भाग्दै खोँजसम्म पुगेपछि भाग्ने बाटो नपाउदा उम्कने उपाए भएनछ । 

आखिर किन त अध्यात्मको नाममा, धर्मको नाममा जिवन उत्सर्ग गरेका जस्ता देखिएका मानिसहरु मानसिक रुपमा यति विग्न दुर्वल छन् कि तिनले आफ्नो चित्त र शरिरीक संवेदनालाई नियन्त्रणमा राख्न सकेनन् ?

सो स्थानमा एक जना मानिस एउटा रुखमुनी ध्यानमग्न रहेछ । त्यतिबेलासम्म प्रहरीहरु त्यो ठाँऊसम्म आइपुगी सकेका थिएनन् । यहि अवसरलाई छोपेर कैदीले आफुले लगाएको कपडा खोलेर त्यो ध्यान गर्दै गरेको मानिसभन्दा थोरै पर अर्को अलि ठूलो रुखमुनी बसेर ध्यान गरिरहेको मानिसको जस्तै मुद्रामा बसेर ध्यान गरेको स्वाङ् पारेछ । 

थोरै समयपछि ति प्रहरीहरु आईपुगे । तिनीहरुले त्यहाँ कैदी देखेनन् । बरु ध्यान गरेर बसका दुई साधु देखे । एउटा साधुले कपडा लगाएर ध्यान गर्दै गरेको अनि अर्को साधुले अर्ध नग्न अवश्थामा अझै ठूलो रुख मुनी बसेर ध्यान गर्दै गरेको । ति प्रहरीहरु रित्तो हात फर्के । केहि समय पछि ति प्रहरीहरुले आपसमा सल्लाह गरी केहि ज्ञान आर्जन गर्ने उद्देश्यले,  त्यहा ध्यान गर्दै गरेका साधु मध्य उच्चकोटीको साधु समक्ष ज्ञान आर्जन गर्ने उद्देश्य राखेर त्यो कैदी जो नक्कली साधु थिए, सामु गएर उनीहरुलाई चेलाका रुपमा स्विकारी दिन अनुरोध गरेछन् । त्यहाँ उपरान्त सो चोर कैदीको ती प्रहरीहरु चेला बनेछन् ।

लेखक : महेश श्रेष्ठ 

धेरै अवसरमा हामी अवधारणाका कारण सत्यबाट विमूख मात्रै भएका छैनौं, चतुर मानिसहरुले हामीमाथि खेलवाट पनि गरिरहेका छन् । अनि हामी हाम्रौ अवधारणाका कालो पट्टीले आँखा बाँधिएको हुँदा अन्धो भएका छौं । अध्यात्मको नाममा, धर्मको नाममा पनि केहि मानिसहरुले समाजको अवधारणाको मनोविज्ञान बुझेर सारा जगतलाई झुक्काई रहेका छन् । 
गेरु वस्त्र लगाउने, लामो टुप्पी पालेको, झ्याप्प दाहृी राखेको, नाङ्गो खुट्टा हिड्ने, अर्धनङ्न अवस्थाको मानिस देखेमा हामी हाम्रौ अवधारणाका कारण त्यस्तो व्यक्तिलाई महापुरुष भन्ठानेर भ्रममा पर्दछौं । अनि हेर्दा आम मानिस जस्तै देखिने बुद्ध पुरुषलाई हामी महात्म भनेर विश्वासै गर्न सक्दैनौं । वास्तवमा साचो महात्माले अरुलाई, म महात्मा हुँ भन्ने कुराको छनकसम्म दिदैन । आफैलाई महात्मा भनेर त तिनले मात्रै प्रस्तुत गर्दछन् जो ढ्वोङ्गी हुन् । 

महात्मा त्यो हो जो अँहमविहिन अर्थात जसमा ‘म’ भाव भन्ने नै छैन । जसले मेरो र तेरो नामको कुनै विभाजन देख्दैन । जसले आफ्नो संवेदनालाई सम्पूर्ण रुपमा बसमा राख्न सक्छ ।
यहाँनेर महात्मा, गुरुवाबाबाका सन्दर्भमा समाजले बनाएको केहि अवधारणाको बारेमा चर्चा गर्नु उत्तिकै महत्वपूर्ण छ । विवाह नगरी परिवारसँगै नवस्ने, शास्त्रलाई व्यख्या गर्न सक्ने, समाज सेवामा लागेका, भगवानको स्तुती गर्ने, पुजा गर्ने, तिर्थ व्रत गर्ने, धेरै भक्तजनहरुले पच्छाएका, प्रभावकारी रुपमा अर्ति उपदेश दिन सक्ने, नैतिकवान, कुनै व्यवस्थित आश्रम र संगठन भएको अनि हेर्दा पनि प्राचिन ऋषीमुनी, पण्डित, भिक्षु अथवा आआफ्नो धर्म अनुसारका गरुहरुको अवरणसँग मिल्दोजुल्दो मानिस देखेमा आम मानिसलाई महात्मा हो भन्ने भ्रम पर्छ । 

‘म’भावको विलय गराउने वा संवेदनामाथि नियन्त्रण गर्ने सन्दर्भमा त आफ्नो शरिर र मनमा उदायका संवेदनाहरुको भाविता ( ‘भविता’अर्थात शरिर र चित्तमा उदय भईरहेको संवेदनालाई जस्तो छ त्यस्तै रुपमा हेर्ने) गरी बोध भावको विकास गर्नु जरुरी छ ।

वास्तवमा अहमता अर्थात ‘म’भावको विलय गराउन लवा संवेदनामाथि नियन्त्रण गर्ने सन्दर्भमा शास्त्र पढेर, समाज सेवा गरेर, भगवानको स्तुती वा पुजा वा विवाह नगरी आश्रममा वसेर, अनि अर्धनग्न भएर नाङ्गो खुट्टाले हिडेर केहि फरक पर्दैन । ‘म’भावको विलय गराउने वा संवेदनामाथि नियन्त्रण गर्ने सन्दर्भमा त आफ्नो शरिर र मनमा उदायका संवेदनाहरुको भाविता ( ‘भविता’अर्थात शरिर र चित्तमा उदय भईरहेको संवेदनालाई जस्तो छ त्यस्तै रुपमा हेर्ने) गरी बोध भावको विकास गर्नु जरुरी छ । आफ्नै शरिर र मनमा घटिरहेको संवेदनालाई अर्काको शरिरमा उदय भईरहेको जस्तो गरी दर्शन गर्न सक्ने क्षमताको विकास गर्नु जरुरी हुन्छ जसको लागि ध्यान साधानमा लिन हुन जरुरी छ । 

तर यसरी गरिने ध्यानको आफ्नै विज्ञान छ । त्यो विज्ञानलाई कुल्चेर गरिने मस्तिष्कको व्यायमहरु ध्यान हुदै होइनन् । आरोपीत बाबाहरुको ध्यानको अनुभव छ । तर तिनीहरुले आआफ्नै ध्यान विधीहरुको विकास गरेका छन्, जुन मस्तिष्क रुपान्तरणका सन्दर्भमा वैज्ञानिक विधी हुदै होइनन् । विधी पुर्याएर साचो अर्थमा ध्यान गरेका हुन् भने त ‘म’भावको अन्त्य ढिलो चाँडो निश्चित हुन्छ । तर जति पनि बाबाहरु अहिले दण्डित भैरहेका छन, ती मपाईत्वको भ्रममा रहेका ढोंगीहरुका रुपमा देखा परेका हुन् । 

हामी सानै हुदादेखि एउटा गलत परम्पराबाट हुर्केका छौं । हामीलाई नैतिकता र अनुशासन सिकाइएको हुन्छ । इच्छाहरु सवभाविक हुन् तर मनमा अनेकन इच्छा हुदाहुदै नैतिकता र अनुशासनको नाममा मनमा जागेको इच्दा दवाउनाले हाम्रो इच्छा अभैm सशक्त बन्छ । दवाईएको इच्छा अवश्य भावीप्रतिउत्पादक बन्छ । 

यसको विपरित भविता गर्नाले अथवा ध्यान गर्नाले भने हामीभित्रको इच्छालाई दब्न नदिई विलय गराउँछ । मयार्दामा बसेका, अनुशासित मानिसहरुप्रती केहि समय समाज निक्कै नै सकारात्मक हुनसक्छ । तर दवाईएको इच्छाहरु विस्फोट भएको दिन समाज आश्चार्यमा पर्दछन् । 

नैतिकवान मानिसप्रति समाजले केहि समयका लागि उच्च प्रकारको दृष्टिकोण बनाउदा त्यस्ता मानिसलाई आफु महान हुँ भन्ने भ्रम परेको हुन्छ । आफु बारेको यस्तै भ्रमले तिनीहरुको अँहमलाई अझै बढाउदै लगेको हुन्छ । हो नैतिकवान र अनुशासितगुरुहरु जसले आफ्नो इच्छालाई दवाएका, जसको अँहमता दिनदिनै अझै  बढ्दै गएको हुन्छ, तिनीहरुको जिवनमा अपराधको विष्फोट अनिवार्य हुन्छ । अहिले दण्डित भैरहेका बाबाहरु त्यही दबिएका अहंमहरुको विष्फोटक रुप हुन ।

लामो समयदेखि एक प्रकारको अनुशासनमा बाधेर मयार्दित जिवन जिउने शिलसिलामा तिनीहरुप्रति समाजले बनाएको एक प्रकारको उच्च अवधारणाका कारण समाजले जयजयकार गरिरहदा, नाम, दाम र प्रतिष्ठा कमाई रहदा तिनीहरुमा भगवान बन्ने लोभ जागेको हुन्छ । उनीहरुमा आफूमा भगवान सवार भएको भ्रम हुन्छ । 

आम मानिसमा लोभ हुन्छ । कसैलाई धनको र पैसाको । कसैलाई इज्जत, प्रतिष्ठा र पदको । कसैलाई ख्याती र नामको । कसैलाई रुप रङ्ग वा शारीरिक चुस्तताको । कसैलाई विद्वताको इत्यादि । तर यि सबै भन्दा खतरनाक लोभ भनेको त भगवानको दाहिना बन्ने वा भगवान बन्ने लोभ नै हो । आज समाजमा नाङ्गीएका आध्यत्मिक गुरु भनाउदाहरु आफै  भगवान बन्ने वा भगवानका दाहिना बन्ने लोभबाट ग्रसित भएका मानिसका हुलहरु हुन । अनि यिनीहरुले भगवान वा भगवानको दाहिना हुने शिलशिलामा अहमता अर्थात ‘म’भावलाई विलय गराउन त सकेका हुदैनन् बरु ‘म’भाव अझै बलवान बन्दै गएको त हुन्छ । तर समाजले महापुरुषका सन्दर्भमा बनाएका अवधारणाको मनोविज्ञान बुझेर सो अनुरुप काम गर्दै पनि गएका हुन्छन् । । त्यसैले तिनीहरु सेवा गर्दछन् । दान दिन्छन् । शास्त्र पढ्दछन् । भगवानको स्तुती गाउँछन् । पुजा गर्छन । मर्यादित जिवन जिउछन् । तर यसरी स्यमंलाई नबुझेर । आफु भित्रको मानविय इच्छालाई दवाएर लामो समय व्यतित गरिरहदा भगवान बन्ने लोभमा भगवान त असल मानिससम्म बन्न सक्दैनन्, अपराधिमा परिणत हुन्छन् । अहिलेका बाबाहरुको जेल यात्रा त्यही हो ।

समाजले अध्यात्म गुरुप्रती, महात्माप्रति बनाएको अवधारणामा परिवर्तन गर्न जरुरी छ । समाजमा राम्रो छवी बनाउनलाई पालना गरिएको अनुशासन वा शील, ख्यातीको लोभमा गरिएको सेवा, अरुलाई प्रभाव पार्न पढिएको शास्त्रको ज्ञान, प्रभाव विस्तार गर्न बनाइएको संस्था र संगठनले मानिसलाई बुद्ध पुरुष बनाउदैन ।

समाजले अध्यात्म गुरुप्रती, महात्माप्रति बनाएको अवधारणामा परिवर्तन गर्न जरुरी छ । समाजमा राम्रो छवी बनाउनलाई पालना गरिएको अनुशासन वा शील, ख्यातीको लोभमा गरिएको सेवा, अरुलाई प्रभाव पार्न पढिएको शास्त्रको ज्ञान, प्रभाव विस्तार गर्न बनाइएको संस्था र संगठनले मानिसलाई बुद्ध पुरुष बनाउदैन । सम्पन्न राज्यको राजकुमार गौतम बुद्धले किन त आफ्नो सम्पतीको उपयोग गरिवको सेवामा गरेनन् ? किन शास्त्र पढ्न छोडेर ध्यान गर्न बसे ?  बुबाआमा र परिवारको सेवा गरेर किन मर्यादाको पर्यावाची बनेनन् ? कतै हामीले महात्मा भनेर श्रद्धा गर्दै गरेको, शीर झुकाउदै गरेको मानिस ढ्वागी त होइनन् ? अनि रुप रङ्ग र चरित्रमा हाम्रो महात्मा सम्बन्धीको अवधारणसँग मेल नखादा हामीले जो बाट सिक्न सक्छौं, त्यस्ता व्यक्तिलाई उपेक्षा त गरेका त छौनौं ? त्यस्ता ढ्वागी गुरु मात्रै होइन दोष हाम्रै पनि छ । अवधारणाको चस्मा खोलेर हामी वरिपरीको आफु जस्तै देखिने बुद्ध पुरुषलाई नचिन्ने कम्जोरी पनि हाम्रौ हो । 

लेखक श्रेष्ठ अध्यात्मिक खोज र अनुसन्धानमा रुचि राख्छन । 

सम्बन्धित समाचार

आचारसंहिता उल्लंघन हुन्छ भन्ने, मनोविज्ञान अन्त्य गर्न आवश्यक छ– प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताएका छन् ।  प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज

बालमनोविज्ञानमा आधारित नाटक “हिउँको धुन ” मञ्चन

काठमाडौँ । ख्वापा नाट्य समुहको प्रस्तुतिमा नाटक “हिउँको धुन ” मञ्चन भएको छ । बत्तिस पुतलीमा रहेको शिल्पी थिएटरमा उक्त नाटक मञ्चन भएको हो । नाटकमा ओलिभर धनाध्य परिवारको एक्लो छोरो