• २०८१ बैशाख ७ शुक्रबार

आमिर खानले हलिवुडको फिल्म रिमेक गर्ने

kharibot

मुम्बई।  बलिवुडका मिस्टर परफेक्शनिस्ट आमिर खानले हलिवुडको फिल्म रिमेक गर्ने भएका छन्। हाल यशराज ब्यानरको फिल्म ठग्स अफ हिन्दोस्तानमा व्यस्त रहेका आमिरले  टम ह्यांकको फिल फरेस्ट गम्पलाई हिन्दीमा बनाउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। 

फिल्ममा टम ह्यांकको भूमिका आमिर खानले नै निभाउने बताइएको छ। प्यारामाउन्ट पिक्चर्सले बनाएको सो फिल्मलाई हिन्दीमा बनाउन अहिले फिल्मको अधिकार लिने प्रक्रिया जारी रहेको बताइएको छ। फिल्मको स्क्रिप्टमा केहि परिवर्तन गरेर फिल्म बनाउने तयारी थालिएको बताइएको छ। 

आमिरले फिल्म ठग्स अफ हिन्दोस्तान पछि अन्य फिल्म अहिले साइन गरेका छैनन् भने उनले गुलसहनकुमारको जीवनीमा बन्ने फिल्म निर्माण गर्ने भने तय गरेका छन्। आमिरको फिल्म ठग्स अफ हिन्दोस्तानमा आमिताभ बच्चन, कट्रिना कैफ लगायतका कलाकारक ओअभिनय रहेको छ बहने यो फिल्म नोभेम्बर ७ मा रिलिज हुदै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै