• २०८१ बैशाख ६ बिहीबार

नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका जादै, यस्तो छ श्रीलंकामा अभ्यास खेलको तालिका 

kharibot

काठमाडौँ।  आगामी भदौ १३ देखि हुने एशिया कप क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका जादै छ । नेपालले श्रीलंकामा तीन अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिमका म्यानेजर एवं प्राविधिक विश्लेषक रमन शिवाकोटीले जानकारी दिएका छन्। 

श्रीलंकामा नेपाली टिमले भद्र ६ गते श्रीलंकाको आर्मी क्रिकेट टिमसँग, भद्र ८ गते ब्लूमफिल्ड क्लबसँग र भद्र १० गते कोल्ट्स क्लबसँग अभ्यास खेल खेल्ने भएको छ। तीन अभ्यास खेल पछि नेपाली टिम भाद्र ११ गते एशिया कप क्वालिफायरको लागि मलेसिया जाने कार्यक्रम रहेको छ। 

एशिया कप क्वालिफायरका लागि १५ सदस्यीय खेलाडीको छनौट गरिएको छ । शरद भेस्वाकर पहिलो एकदिवसीय खेल्ने क्रममा घाइते भएका कारण परेका छैनन्। उनको दाहिने हातको कान्छी औला भाँचिएका कारण ४ हप्ता आराम गर्नुपर्ने भएकाले उनी टिममा परेका छैनन्। त्यस्तै शक्ति गौचनले सन्यास लिए पछिको पहिलो टुरमा उनको ठाउमा सागर पुनले कम्ब्याक गरेका छन्। 

१५ सदस्यीय टिममा विनोद भण्डारी र सगर पुनले कमब्याक गरेका छन् भने प्रदिप ऐरी, सुनिल धमला, शुशन भारी र  किशोर महतो वैकल्पिक खेलाडीको सुचीमा परेका छन् । एशिया कप क्वालिफायरका लागि राष्ट्रिय प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छानेका हुन्। 

त्यस्तै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने भने हाल वेस्टइन्डिजमा क्यारबियन प्रिमियर लिग खेलिरहेकाले उनी सिधै मलेसियामा नेपाली टिमलाई भेट्न पुग्ने भएका छन्।   

१५ सदस्यीय नेपाली टिम: 

पारस खड्का ( कप्तान), अनिलकुमार शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल (उपकप्तान), करण केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, मोहमद अरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुबाश खकुरेल, बिनोद भण्डारी र सागर पुन ।

वैकल्पिक खेलाडी :

प्रदीप ऐरी, सुनिल धमला, सुशान भारी, किशोर महतो 

एसिया कप क्रिकेट क्वालिफायरको खेल तालिका :

एसिया कप क्रिकेट क्वालिफायर प्रतियोगिता आगामी भदौ १३ देखि २१ सम्म क्वालालाम्पुरमा हुने भएको छ । जसमा नेपाल, युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्दै छन् । 

अगष्ट २९ (भदौ १३ गते) : मलेसिया भर्सेज हङकङ, नेपाल भर्सेज ओमान, युएई भर्सेज सिंगापुर 
अगष्ट ३० (भदौ १४ गते) : युएई भर्सेज नेपाल, हङकङ भर्सेज सिंगापुर, मलेसिया भर्सेज ओमान
सेप्टेम्बर १ ( भदौ १६ गते) : ओमान भर्सेज सिंगापुर, मलेसिया भर्सेज नेपाल, युएई भर्सेज हङकङ
सेप्टेम्बर २ (भदौ १७ गते) : हङकङ भर्सेज ओमान, मलेसिया भर्सेज युएई, नेपाल भर्सेज सिंगापुर 
सेप्टेम्बर ४ (भदौ १९ गते) : मलेसिया भर्सेज सिंगापुर, युएई भर्सेज ओमान, नेपाल भर्सेज हङकङ
सेप्टेम्बर ६ (भदौ २१ गते) : फाइनल          

एशिया कपमा भदौ ३० गते देखि असोज १२ गतेसम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुनेछन् । छनौट हुने देशले भदौ ३१ मा  पाकिस्तानसँग र असोज २ मा भारतसँग खेल्ने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै