धनगढीका तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर !

खरीबोट

धनगढी । कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् । खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

राज्यले सबै नागरिकलाई शिक्षाको समान अवसर प्रदान गर्ने व्यवस्था गरेको छ । तर आर्थिक अवस्थाका साथै शिक्षा दिनुपर्छ भन्ने चेतना कतिपय परिवारमा नहुँदा अझै पनि विद्यालय पढ्ने उमेरका कतिपय बालबालिका विद्यालय बाहिर रहेका हुन् । आर्थिक समस्याका साथै, बसाइँसराइ गरिरहने, कामको खोजीमा बाहिरिने विपन्न समुदायका केही परिवारका बालबालिका विद्यालयको पहँुचमा आउन नसकिरहेको जिल्ला शिक्षा अधिकारी मानसिं विष्टले बताए ।

कैलाली जिल्लालाई चालु शैक्षिक शत्रभित्र साक्षरता जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशत साक्षरता नाघेको हुनुपर्ने बताइन्छ । बालबालिकालाई शिक्षाको पहुँचसम्म ल्याउन शिक्षा कार्यालय, विद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाउँदै आएको भए पनि यी अभियान केवल औपचारिकतामा मात्रै सीमित हुने गरेको कतिपयको भनाइ छ ।

सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन नसक्नुमा विद्यालय, शिक्षक, अभिभावक, समाजसेवी र राजनीतिक नेता कार्यकर्ता सबै जिम्मेवार रहेकाले सरोकारवाला सबैले गम्भीर बन्न जरुरी रहेको पञ्चोदय उच्च माविका प्राचार्य पदमसिं कुँवर बताउछन् । “वर्षेनी सञ्चालन हुने विद्यालय भर्ना अभियान पनि प्रभावकारी नदेखिँदा समस्या देखिएको छ” प्राचार्य कँुवरले भने “विद्यालयमा व्यानर टाँगेर कर्तव्य निर्वाह गरेको र रीत पु¥याएको जस्तो गरी विद्यालय भर्ना अभियान गर्ने गरेको देखिँदा विद्यालय भर्ना अभियान अपेक्षाकृत सफल देखिएको छैन ।”

सरकारले कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि छात्रछात्राबाट खेलकुद, पुस्तकालय, परीक्षालगायतका शीर्षकमा विद्यालयले आफुखुशी शुल्क लिने गरेकाले पनि समस्या देखिने गरेको छ । जसका कारण आर्थिक रुपमा पछि परेका सीमान्तकृत जनजाति, सुकुम्बासी, मुक्तकमैया समुदायका बालबालिका विद्यालय बाहिर रहनु पर्ने अवस्था रहेको छ ।

कुन समुदायका कति बालबालिका विद्यालयको पहँुचबाट टाढा छन् भन्ने यकिन तथ्याँकको पहिचान हुन नसक्दा विद्यालय भर्ना अभियानले सोचेजस्तो सफलता पाउन नसक्दा कतिपय बालबालिका शिक्षाको पहुँचबाट टाढा रहनुपर्ने अवस्था रहेको धनगढी उच्च माविका प्राचार्य लक्ष्मणदत्त भट्ट बताउछन् । कैलाली जिल्लामा निजी क्षेत्रका विद्यालयबाहेक ५६५ वटा सामुदायिक विद्यालयमा एक लाख ६५ हजार छात्रछात्रा अध्ययनरत रहेका छन् ।

सम्बन्धित समाचार

महिला एवं बालबालिकाको संरक्षणका लागि प्रभावकारी कदम आवश्यक

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महिला एवं बालबालिकाको संरक्षणका लागि सरकारी तथा गैरसरकारी संस्थाले थप प्रभावकारी कदम चाल्नुपर्ने औँल्याएका छन् ।  काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बेवारिसे फेला परेका महिलाबाट

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नहोस् – प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सन्दर्भमा आमसभा, जुलुस, प्रचारप्रसारलगायतका कुनै पनि राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न÷नगराउन राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिए ।  बालशिक्षा र अधिकारको क्षेत्रका कार्यरत

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

रसुवा । आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रचारप्रसारमा बालबालिका सहभागी नगराउन दहरु प्रतिबद्ध भएका छन् ।  प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार लोकतान्त्रिक गठबन्धन

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।  स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३