• २०८१ बैशाख ८ शनिबार

रोनाल्डो बिना रियल म्याड्रिडको विजयी सुरुवात, कार्भाजल र बेलले गरे गोल  

kharibot

काठमाडौँ।  स्पेनिस ला लिगामा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई २-० ले पराजित गर्दै नयाँ सिजनको उत्कृष्ट सुरुवात गरेको हो। 

रियलको जितमा डानियल कर्भाजल र ग्यारेथ बेलले गोल गरेका थिए।  रियल म्याड्रिडको घरेलु मैदान ब्रुनाबू स्टेडियममा भएको खेलमा कर्भाजलले खेलको २०औ मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको रियलले दोस्रो हाफको ५१औ मिनेटमा बेलको गोलको मद्धतले २-० को अग्रता लिएको थियो। 

क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेपछिको ला लिगाको पहिलो खेलमा रियलले जित हासिल गरेर ला लिगाको उत्कृष्ट सुरुवात गरेको छ। रोनाल्डोको अभावलाई पूर्ति रोनाल्डोको ठाउ लिने विश्वास गरिएको छ।  बेलले रियलका लागि पछिल्ला ८ खेलमा ८ गोल गरेका छन्।

त्यस्तै रियलले सन् १९८४ देखि ल लिगाको पहिलो खेलमा अपराजित रहेको छ भने घरेलु मैदानमा रियल म्याड्रिड पछिल्ला १५ खेलमा अपराजित रहेको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै