• २०८१ बैशाख १४ शुक्रबार

हलिवुड़का चर्चित निर्देशक रसेलले बलिवुड फिल्म निर्देशन गर्ने

kharibot

हलिवुड़का चर्चित निर्देशक चक रसेलले बलिवुड फिल्म निर्देशन गर्ने भएका छन् ।

रसेलले ‘जंगली’ नाम गरेको बलिवुड फिल्म निर्देशन गर्न लागेको बताइएको छ । फिल्ममा मुख्य अभिनेताको रुपमा विद्युत जामवललाई लिइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक्सन थ्रिलर जेनरमा बन्ने यो फिल्मको सुटिंग अक्टोबरबाट सुरु हुने भएको छ ।

मुम्बई मिररका अनुसार ‘द मास्क’, द स्कर्पीयन किंगजस्ता फिल्ममा निर्देश रसेलले जनवारको अगम रोललाई सशक्त रुपमा प्रस्तुत गरेकाले जंगलीमा रसेललाई छानिएको फिल्मका निर्माताले बताएका छन् ।

निर्देशक रसेलले द मास्क, द स्कर्पीयन किंग, इरेजर जस्ता हलिवुड़का सफल फिल्मको निर्देशन गरिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै