काठमाडौँ। एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
इन्डोनेसियाको विभाहा मुक्ति रंगशालामा आज भएको खेलमा पाकिस्तान २-१ गोल अन्तरले विजयी भएको हो। खेलको ११औ मिनेटमा पाकिस्तानका युनस सहबाजले आत्मघाती गोल गरेपछि नेपालले सुरुवाती थियो। पहिलो हाफमा १-० ले दोस्रो हाफमा २ गोल खाएको थियो। पाकिस्तानले खेलको ५५औ मिनेटमा बिलाल मोहमद र ७२औ मिनेटमा हुसैन सद्दामले गोल गर्दै पाकिस्तानलाई २-१ को जित दिलाएका थिए।
जितका बाबजुत पनि पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल भने समुहका तिनै खेलमा हार बेहोर्दै बाहिरिएको छ।
नेपालले पहिलो खेलमा जापानसँग राम्रो खेल प्रदर्शन गर्दै १-० को हार बेहोरेपछि भियतनामविरुद्ध राम्रो खेल्ने अपेक्षा गरिएको थियो। तर नेपालले भियतनामविरुद्ध निम्नस्तरको प्रदर्शन गर्यो। भियतनामसँग २-० को हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।
समुह डि बाट भियतनाम र जापानले दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन्। अब भियतनामले तिनै खेल जितेर समुहमा पहिलो हुदै नाकआउटचर्न मा पुगेको छ भने जापानले २ जित हासिल गर्दै दोस्रो हुदै नाकआउट चरणमा पुगेको छ।